अध्यावधिक गरिएको:  टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार २६६ पुग्यो 

इनेप्लिज २०७९ माघ २४ गते १९:३७ मा प्रकाशित

अध्यावधिक गरिएको:  टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार २६६ पुगेको दुबै देशका अधिकारीहरूले बताएका छन ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका अनुसार टर्कीमा कम्तिमा ५,४३४ जनाको मृत्यु भएको छ भने २२,१६८ जना घाइते भएका छन् । भग्नावशेषबाट झण्डै ८ हजार मानिसको उद्धार गरिएको छ ।

सिरियामा कम्तिमा ८१२ व्यक्तिको मृत्यु भएको छ र अन्य १,८३२ जना घाइते भएको सिरिया स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ह्वाइट हेल्मेटका अनुसार सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा कम्तिमा १,०२० जनाको मृत्यु भएको छ र २,४०० घाइते भएका छन्।

प्रतिक्रिया