अध्यावधिक गरिएको : टर्की र सिरियामा गएको भूकम्पमा परी कूल मृत्यु हुनेको सख्या २ हजार ३ सयभन्दा बढी, सख्या अझै बढदै

इनेप्लिज २०७९ माघ २३ गते १७:४९ मा प्रकाशित

अध्यावधिक गरिएको : टर्की र सिरियामा गएको भूकम्पमा परी कूल मृत्यु हुनेको सख्या २ हजार ३ सयभन्दा बढी पुगेको छ ।  सख्या अझै द्रुतरुपमा बढिरहेको छ ।

सोमबार बिहान दक्षिणपूर्वी टर्कीमा आएको ७.८ परिमाण(म्याग्निच्युड)को  शक्तिशाली भूकम्पले घरहरू ध्वस्त पारेको छ ।

उत्तरी सिरियामा ठूलो क्षति पुर्याएको छ। ७.८ परिमाणको भुकम्प आए पछि पुन ७.५ परिमाणको भुकम्प आएको सिविएसन्यूजले उल्लेख गरेको छ ।

टर्कीका अधिकारीहरूले देशका १० प्रान्तहरूमा १,५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र झन्डै १०,००० भन्दा बढी घाइते भएको बताएका छन्।

सिरियाको सरकारी नियन्त्रित क्षेत्रहरूमा जुन अझै पनि एक दशक लामो गृहयुद्धबाट हिंसाको चपेटामा परेको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सिरियामा कम्तीमा ४६० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ। 

सिरियाको विद्रोही नियन्त्रित उत्तरपश्चिममा काम गर्ने नागरिक उद्धार सॅस्थाहरुले त्यहाँ कम्तिमा ४३० जनाको मृत्यु भएको र सयौं घाइते भएको बताएका छन्।

प्रतिक्रिया