अमेरिकी प्रसिद्ध गायिका बियोन्सेले सर्वाधिक ग्रामी पुरस्कार प्राप्त गर्दै इतिहास रचिन

इनेप्लिज २०७९ माघ २३ गते १२:२१ मा प्रकाशित

अमेरिकी प्रसिद्ध गायिका बियोन्से गिसेले नोल्सले सर्वाधिक ग्रामी पुरस्कार प्राप्त गर्ने गायिका हुदै इतिहास रच्न सफल भएकी छिन । बियोन्से गायिका तथा गीतकार पनि हुन् ।

उनले ६५ औं वार्षिक ग्रामी अवार्ड(पुरस्कार )मा उत्कृष्ट नृत्य/इलेक्ट्रोनिक एल्बम(बिधुतिय गीतसंग्रह )को लागि उनले ३२ औं ग्रामी अवार्ड (पुरस्कार )प्राप्त गरेपछि बेयोन्से आधिकारिक रूपमा इतिहासमा सबैभन्दा ज्यादै ग्रामी पुरस्कार प्राप्त गर्ने कलाकार भएकी छिन ।

उनले गायक जर्ज सोल्टीले प्राप्त गरेको सबैभन्दा ग्रामी जित्ने कीर्तिमानलाई तोडेकी छिन ।

उनको रेनसन्स एल्बम(गीतसंग्रह)को लागि उनले ३२ वटा ग्रामी हात पारेकी छिन । उनले पुरस्कार प्राप्त गर्दा भाबुक पनि भएकी र सबैलाई धन्यवाद दिएकी थिइन् ।

प्रतिक्रिया