मुलुकमा आर्थिक संकट । आगामी दिनहरु नेपालीहरुका लागि भयावह!

इनेप्लिज २०७९ माघ २२ गते २२:४४ मा प्रकाशित

मुलुकमा विशुद्ध को छ र ? प्रायःजसो दलगत नेपाली जनताहरु छन । परिणाम र नतिजा दु:खद छ । नराम्रोको परिणाम र नतिजा नराम्रो नै आउँछ ढुक्क भए हुन्छ । जैसी करनी वैसी भरनी ।

मुलुकमा विशुद्ध को छ र ? यसकारण मुलुकमा भयावह परिस्थिति र विकराल अवस्था आउने निश्चित छ । अझै पनि थोरै समय बाँकी छ । तत्काल मुलुकमा संघीयता र समानुपातिक प्रणाली खारेज गरिनुपर्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र शीर्ष नेताहरूको सेवा सुविधाहरु र फिजुल अनावश्यक खर्चहरुको कटौती गरिनुपर्छ ।

मुलुकमा आर्थिक संकट छ । मुलुकमा संघीयता (प्रदेश सरकार), समानुपातिक प्रणाली र ८८४ जना सांसद चाहियो किन ? संघीयता, समानुपातिक प्रणाली र ८८४ जना सांसद संख्याले हाम्रो मुलुकको आर्थिक भार थेग्न सक्दैन । हाम्रो मुलुकको लागि संघीयता (प्रदेश सरकार) र समानुपातिक प्रणाली घातक हो । बढी भु-भाग र बढी हेक्टर ओगटेको जग्गा विशाल मुलुकहरु अमेरिका, चाइना र भारत लगायतका मुलुकहरुका लागि संघीयता महत्त्वपूर्ण र उपयुक्त छ । हाम्रो मुलुक बिहार राज्यको पटना जत्तिकै सानो छ । यसकारण हाम्रो मुलुकमा संघीयताको आवश्यकता छैन । मैले मुलुकमा संघीयता लागु भए देखि नै हाम्रो मुलुकको लागि संघीयता घातक हो बारम्बार भन्दै आईरहेको छु र संघीयताको विरोध पनि गरिरहेको छु । मुलुकमा न्युनतम १०० जना सांसद भए पुग्छ । मुलुकमा संघीयता, समानुपातिक प्रणाली, ६०१ जना सभासद र ८८४ जना सांसद लगायतका फिजुल खर्चले गर्दा नै मुलुकको अर्थतन्त्र ध्वस्त भएको छ ।
मुलुकमा आर्थिक संकट र आर्थिक तरलता आउनमा काँग्रेस, एमाले, माओवादी केन्द्र र नेकपा समाजवादी लगायतको सरकार, शीर्ष नेताहरू, ६०१ जना सभासद, ८८४ जना सांसदहरू तथा दलगत कार्यकर्ताहरु दोषी र जिम्मेवार हुन ।

मुलुकमा दुरदर्शि दीर्घकालीन भिजन र सोच भएको प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरू कोही पनि भएनन र छैनन । जनताहरुलाई भ्रममा पारी झुठो आश्वासन दिने अर्बौं खर्बौं राज्यकोष ढुकुटी दुरुपयोग गर्ने प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरू मात्र छन । मुलुकमा प्रायःजसो वास्तविक स्वतन्त्र नागरिकहरु कोही पनि छैनन । सबै दलगत छन । मुलुकका लागि दु:खद कुरा र दु:खद पक्ष हो । प्रधानन्यायाधीश दलगत, न्यायाधीशहरु दलगत, वकीलहरु दलगत, कर्मचारीहरु दलगत, प्रहरीहरु दलगत र सेनाहरु पनि दलगत भएपछि मुलुकको हित कसरी संभव छ ? मुलुकको विकास कसरी संभव छ ? मैले वर्तमान समयमा मुलुकको हित हुने उज्ज्वल भविष्य देखिरहेको छैन । मुलुकमा अस्थिरता र अराजकता व्यापक बढने र विकराल अवस्था र विकराल समय आउने देखिन्छ ।

मुलुकमा वीर बलबहादुर कुँवर, भिमसेन थापा, कालु पाण्डे, भक्ति थापा, श्री ३ जंगबहादुर राणा, श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह र श्री ५ महेन्द्र शाहको मृत्यु पश्चात वीर बलबहादुर कुँवर, भिमसेन थापा, कालु पाण्डे, भक्ति थापा, श्री ३ जंगबहादुर राणा, श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह र श्री ५ महेन्द्र शाह जस्ता आँट, हिम्मत र साहस भएको शासक तथा साहसिक र आत्मबल भएको योद्धा चाहिएको थियो । तर कोहि पनि जन्मेको छैनन विडम्बना हो । मुलुकमा अचानक भयावह दुर्घटना हुने संकेत देखिन्छ । मुलुकमा राम्रो हुने संकेत र लक्षण कदापि देखिएको छैन ।

स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।

प्रतिक्रिया