रबि लामिछाने पदको लोभी नै हुन त ?

नबिन बिक २०७९ माघ २१ गते २२:५७ मा प्रकाशित

पुनः नागरिकता पाएसी फेरी गृहमन्त्री बन्नको लागी मरिहत्ते गरेको छ भनेर केही राजनितक पार्टीका कार्यकर्ता र पार्टीबाट संचालित बिकाउ मुलधारका पत्रपत्रिका र संचार माध्यमले सोझासाझा जनता माँझ भ्रमको खेती गर्न शुरु गरिसकेका छन। तपाई मलाई एउटा मात्र कारण दिनुस की रबि लामिछाने गृहमन्त्री किन नबन्ने? भ्रष्टचारले चुर्लुम्ब डुबिसकेका र डुङडुङती सिनु गन्हाए झै गनाई सकेका नेताहरुबाट आजित भएर नयाँ आशाका किरण सहित रबिलाई अभुतपुर्ब मतदान दिएर जनताले बिजयी गराएर पठाएका हुन।

परमान्द झा र राजेन्द्र महतोको बिहारको भोटर आईडीको प्रतिलिपी आउदा पनि उपराष्ट्रपति र मन्त्री बनाईयो तर रबि लामिछानेको उछितो काटियो, उनीहरुको केही छानबिन हुदैन, किन?

उनले भ्रष्टचार, बिदेशी रृण, बिदेशी हस्तक्षेप र बेतिथिमा डुबेको देशलाई छिटो भन्दा छिटो उकास्ने कसम खाएका छन, देशमा छिटो भन्दा छिटो समृद्दी ल्याएर लाखौ बिदेशीएका युवाहरुलाई देशमै रोजगार सृजनागरी देश फर्काउने सपना देखाका छन, जनतासंग बाचा गरेका छन, बाटाहरु, सरकारी भबन र परियोजनाहरु ठेक्का पट्टामा हुने सेटिङ र कमिसनको जालो तोडनु छ, बस यात्रा देखी हवाई यात्रासम्म , नागरिकता देखी पासपोर्ट बनाउदा सम्म, मालपोत कार्यलय देखी यातायात कार्यलय सम्म, बिदेशमा आफन्त गुमाउदा ईन्स्योरेन्सले दिएको पैसा पाउदा सम्म गरिने संस्थागत भ्रष्टचार रोक्ने कसम खाएका छन।अनि किन नबन्नु गृहमन्त्री?

एउटा गृहमन्त्रीले गर्न सक्ने काम एउटा सासंदले गर्न सक्छ? फोहोर सफा गर्नु छ भने फोहोरमै हाम फाल्नुपर्छ।एउटा भनाई छ नि हिरा काट्ने हिरैमा राखेर, मन्त्रालय भित्रबाट बाट गरिने मन्त्री स्तरीय भ्रष्टचार र बेतिथि रोक्न र जनतालाई छिटो छरितो प्रत्यक्ष लाभ दिन सक्ने गृहमन्त्रालय जस्तो उत्तम मन्त्रलाय अरु हुन सक्दैन।अनि मरिहत्ते गर्यो भन्ने?

अमेरीका जस्तो बिश्वकै शक्तिशाली देश अमेरीकाको पासपोर्ट त्यागेर देशमै केही गर्छु भनेर नेपाल आउने सायद उनी पहिलो नेपाली होलान। उनले पैसा कमाउने हो भने गृहमन्त्री बनेर कमाउने पैसा भन्दा कैयौ गुना पैसा पत्रकार र प्रस्तोता बनेर टिभिबाटै कमाउमन सक्छन। उनलाई पहिल्यै थाहा थियो कि उनको यो राजनितिक यात्रा सहज हुने छैन, पाईला पाईला हैन ईन्च ईन्चमा काँडाको सामना गर्नु पर्ने छ तर पनि यीनी अगाडी बढे किन? यो देशको लागी, यो देशको जनताको लागी । रबिले जति टिभी प्रस्तोता भएर देश र जनताको लागी गरे त्यति कुनै राजनितिको मै हुम भन्ने मन्न्त्री र सासंदले पनि गर्न सकेको छैन। त्यसको ज्वलन्त उदारहण हो रबिले पाएको जनमत। के तपाई कल्पना गर्न सक्नुहुन्छ?

रबिले जति टिभी प्रस्तोता भएर देश र जनताको लागी गरे त्यति कुनै राजनितिको मै हुम भन्ने मन्त्रि र सासंदले पनि गर्न सकेको छैन ।

चुनाब भन्दा २-४ महिना अघि मात्र पार्टी दर्ता गरेर चुनाबमा गएर देशकै चौथो ठुलो राष्ट्रिय पार्टी बनेर आउनु चानचुने कुरा हो? जनताले कति बिश्वास गरेका रैछन त रबिलाई, रबिले त्यो कुरा राम्रो संग बुझेका छन। उनले गृहमन्त्रालयबाट छिटो भन्दा छिटो र धेरै भन्दा धेरैलाई जनतालाई प्रत्यक्ष राहत र सहजता प्रदान गर्न सक्छन। रबि त्यसै पपुलर छन, झन गृहमन्त्रालय दिईयो भने त यस्ले अर्को चुनाबमा सिधै प्रधानमन्त्री खान्छ र हामी बुढाखाडा नेताहरु सधैको लागी रिटाएर्ड हुन्छौ, अब बजारमा हाम्रो झुठ बिक्दैन भनेर बुढाहरु आत्तिएका छन र रबिलाई एक पछि अर्को अनेकौ झमेला र मुध्दा ठोक्दै आफ्नो बाटो बाट सधै हटाउन तछाड मछाड छन।

सामानुपातिक भोटको दुरुपयोग गर्दै आफ्नै ज्वाई, छोरी, दाजुभाई, भतिजा, सम्धि, श्रीमतीलाई संसाद बनाउने लहर चलेको बेलामा रबिले पनि त आफ्नो दाई र श्रीमतीलाई सांसद बनाउन सक्थे होलान नी तर यीनले यसो गरेनन।एक महिना गृहमन्त्री भएको बेलामा रबिले प्रधानमन्त्री देखी लिएर ठुला ठुला माफिया र बिचौलिया हरु संग हाँ मा हाँ मिलाएर सेटिङ नमिलाएका कारण उनीलाई गलहत्याईएको कुरा नेपालका सोझा साझा जनताले बुझि सकेका छन। नत्र परमान्द झा र राजेन्द्र महतोको बिहारको भोटर आईडीको प्रतिलिपी आउदा पनि उपराष्ट्रपति र मन्त्री बनाईयो तर रबि लामिछानेको उछितो काटियो, उनीहरुको केही छानबिन हुदैन, किन?

मदनभन्डारी पछि देशमा केही गर्छु भनेर एउटा अर्को बिलक्षण प्रतिभाको धनी युवा पाएको छ देशले, रबिले हारे भने फेरी देशले कैयौ दशक सम्म फेरी यस्तो युवा र नेता पाउने छैन।

किन कि रबि लामिछानेले उनीहरुले फालेको जनताको रगत र पसिनाबाट बनेको घुसरुपी दानापानी खान मानेनन, त्ससैले रबि बिझाए, जे सोचेर रबिलाई गृहमन्त्रालय दिईएको थियो त्यो अनुरुप आफुहरुले चल्न र खेल्न नपाएसी सबै मिलेर रबिलाई पन्छाएका हुन। तर रबि योद्दा हुन यति सजिलै हार मान्नेवाला छैनन, हामी रबिलाई हार्ने अनुमति पनि दिदैनौ, मदनभन्डारी पछि देशमा केही गर्छु भनेर एउटा अर्को बिलक्षण प्रतिभाको धनी युवा पाएको छ देशले, रबिले हारे भने फेरी देशले कैयौ दशक सम्म फेरी यस्तो युवा र नेता पाउने छैन। तेसैले भ्रष्टचारीहरुले दिएको पैसा टन्न खाएर डकारेका समाचारहरुको पछि नलागौ।
दशकौ देखी फालिएको हड्डी खाएर मालिकले जे लेखेर दिए त्यै छापेर वा बाचन गरेर पेटपाल्दै आएका पत्रुकारहरु र दुईलिटर पेट्रोल , एक छाक मासु भात र एक बोतल बियरमा बिक्ने अजासु ( अति जान्ने सुन्ने) पार्टीका झोलेहरु रबि आएसी यी सबको दिन जान्छ भनेर अत्तालिएका हुन।

उनले गृहमन्त्रालयबाट छिटो भन्दा छिटो र धेरै भन्दा धेरैलाई जनतालाई प्रत्यक्ष राहत र सहजता प्रदान गर्न सक्छन।

तेस्ताको पछि नलाग्नु होला। देशलाई रबिको खाँचो छ तर अहिले यो समयमा रबिलाई तपाई हाम्रो खाँचो छ।सत्यको बाटो सधै कठिन हुन्छ रबि! तिमीले केवल आत्मबल कम्जोर नबनाउनु, नथाक्नु बाँकी तिमी संगै साथ हिड्ने र साथी दिने जिम्मा हामी जनताको , समय लाग्ला तर जित अवस्य हाम्रै हुने छ।

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया