नेपाली उद्द्मी व्यबसायीद्वारा “लजिस्टिक रुम, क्यानाडा” को शुभारम्भ: 

इनेप्लिज २०७९ माघ २१ गते २२:५३ मा प्रकाशित

मदन बस्नेत, क्यानाडा। क्यानेडियन नेपाली समुदायमा एउटा सफल उद्द्मी ब्यबसायी र समाज सेवीको रुपमा स्थापित ब्यक्तित्वहरु अनिल थापा, मुगा राजभण्डारी, विश्वास श्रेष्ठ, चित्रा प्रधान र लक्ष्मण मण्डलको संयुक्त प्रयासमा क्यानाडामा लजिस्टिक रुम, क्यानाडाको सुरुवात भएको छ।

शेफ केसर्स बैंक्वेट हल(प्रीत प्यालेस) मिसिसागामा आज आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै “लजिस्टिक रुम क्यानाडा” का सिईओ अनिल थापाले लजिस्टिक रुम क्यानाडाले क्यानाडा आउनु पूर्वको “प्रि-डिपार्चर” तयारी, आईपुग्ने बित्तिकैको “अन अराईभल” एअरपोर्ट पिक-अप सेवा र त्यसपछीको अस्थाई/स्थाई बसोबास र रोजगारीको “पोस्ट अराईभल” को सम्पूर्ण सेवाहरु प्रदान गर्ने जानकारी गराउनु भएको थियो।

लजिस्टिक रुम क्यानाडाले क्यानाडामा आउने नयाँ आप्रवासीहरुहरू: अन्तर्राष्ट्रिय विद्यार्थीहरू, नव आगन्तुकहरू र ल्यान्डेड आप्रवासीहरूलाई सेटलमेन्ट सर्भिसहरू प्रदान गर्ने उदेश्य राखेको छ।

गैर आवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष दिपक गौतमले पानसमा दीप प्रज्जोलित गरेर शुभारम्भ गरिएको कार्यक्रममा मिसिसागा माल्टन क्षेत्रका एमपीपी दिपक आनन्दले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु भएको थियो।

सम्बोधनका क्रममा अध्यक्ष गौतमले गत वर्ष मात्रै चार हजार भन्दा बढीको संख्यामा नेपाली बिधार्थी क्यानाडा भित्रिएको र अझै ठूलो संख्यामा आउनेक्रम जारी रहेकोले उनीहरुको ब्यबस्थापनमा थुप्रै समस्याहरु आईरहेको हुनाले ब्यक्ती वा कुनै सामाजिक संस्थाको परोपकारी सेवाले मात्र सेटल्मेन्टको त्यो माग र अबस्थालाई धान्न नसक्ने अबस्थामा त्यो बिकराल स्थितिलाई सम्बोधन गर्ने उदेश्यले लजिस्टिक रुम क्यानाडाको दक्ष र अनुभवी टिमले कार्यालय नै संचालनमा ल्याएर सेवा प्रदान गर्न अघि सरेकोमा खुशी ब्यक्त गर्नु भएको थियो।

प्रमुख अतिथी एमपीपी दिपक आनन्दले नवअप्रवासीको ब्यबस्थापन मूलत: सरकारको दायित्त्वको विषय भएतापनी त्यसको सूक्ष्म ब्यबस्थापन सधैं चुनैतीपूर्ण देखिएकोमा नेपाली समुदायका स्थापित ब्यक्तित्त्वहरुबाट न्यूकमर्स सेटलमेन्ट सेवाकोलागि लजिस्टिक रुम क्यानाडाको स्थापना गरेकोमा आफू अत्यन्तै उत्साहीत भएको बताउनु भयो।

आप्रवासी परामर्शमा लामो अनुभव बटुल्नु भएका लजिस्टिक रुम क्यानाडाका प्रेसिडेन्ट मुगा राजभण्डारीले क्यानाडाका सबै प्रान्त र क्षेत्रहरूमा आफूहरुले आवश्यक सबैलाई लजिस्टिक सेवाहरु प्रदान गर्ने बताउनु भएको छ। त्यसकोलागि हाललाई ओन्टारियो प्रान्तको मिसिसागामा मुख्य कार्यालय स्थापना गरिएको र कार्यालयको वेबसाईट www.canadasettlement.ca वा फोन नम्बर 2896252345 वा ईमेल [email protected] मा सम्पर्क गरेर आवश्यक सेवा तथा सुबिधाहरु लिन सक्ने जानकारी दिनु भएको थियो।

कार्यक्रममा क्यानेडीयन नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, उद्दमी ब्यबसायीहरु र भिन्न पेशा र ब्यबसायमा संलग्न ब्यक्तित्त्वहरुको सहभागीता रहेको थियो।

-मदन बस्नेत, क्यानाडाबाट।

प्रतिक्रिया