लघुकथा-आलुको मूल्य

– अरुणबहादुर खत्री “नदी” २०७९ माघ २१ गते २०:५३ मा प्रकाशित

म्हेपी मन्दिरमा भगवानको दर्शन गरेर घर फर्कदै गर्दा सडकको छेउमा तरकारी बेच्न राखेको देखे । “आलु धार्नीको कति ?” भने । “धार्नीको दुईसय असी हो” बेच्न बसेकोले भन्यो । “आलु साह्रै महंगो भएछ नि” मैले भने । “मेरो आलु तपाईले किनेर बोहनी गरिदिनु प¥यो” उसले भन्यो । “तपाईले आलु धार्नीको दुईसय पच्चीस सम्ममा दिनु भयो भने मैले किनेर बोहनी गरिदिन्छु नत्र भने किन्न सक्दिन” मैले भने ।

“महंगो आलु तपाईले नकिन्नु भए पनि गोलभेडा आज सस्तो भएको छ नि किलोको चालिस रुपैँया मात्र गोलभेडा किनेर बोहनी गरिदिनु होला नि” उसले भन्यो । “हिजो मात्रै दुई किलो गोलभेडा मैले किनेर लगेको गोलभेडाको मलाई खाँचो छैन मेरो घरमा आलु सकिएको छ के गर्ने ?” मैले भने ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं
फोन नं. ४९५३५९४

प्रतिक्रिया