लघुकथा-परदेशको माया

अरुणबहादुर खत्री “नदी” २०७९ माघ २१ गते २०:४९ मा प्रकाशित

सुमन कक्षा बाह्र सकेपछि नेपालमा राम्रो रोजगारी नपाएर अष्ट्रेलिया गयो । अरुणबहादुर खत्री “नदी”मा उसले पढ्दै काम गर्न थाल्यो । अस्ट्रेलिया गएको दश वर्ष बितेपछि उ नेपालमा एक महिनाको छुट्टि लिएर आयो ।

उ नेपाल आउँदा उसको बुबाआमाले “अब तिमीले आफ्नै देशमा बसेर जागिर खाए हुन्छ” भने । उसले “नेपालमा रोजगारी भनेजस्तो पाइदैन नि” भन्यो । “तिम्रो अब विवाह गर्ने उमेर पनि भयो । विवाह गरेर आफ्नै देशमा बसे हुन्छ नि” सुमनको बुबाले भने । “मेरो भविष्यको जीवनसंगिनी अस्ट्रेलियामा नै जागिर खाएर बसेकी छे । उसले मलाई निकै मन पराएकी छे नि” सुुमनले भन्यो ।

“त्यसो भए उसलाई तिमी मन पर्छ भने उसैसँग वैवाहिक जीवनमा बाँधिएर तिमीहरु दुबैजना नेपाल फर्क कति अर्काको देशमा बसेर दुःख गर्छौ” बुबाले भने । “हुन्छ बुबा अब पाँच वर्ष उता काम गरेर हामी नेपाल फर्कन्छौ नि त” सुमनले भन्यो । तर उसलाई मन पराएकी केटी भने नेपाल फर्किन कति पनि मनै गर्दिनन् ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं

प्रतिक्रिया