अमेरिकी सहायता कार्यकर्ताको युक्रेनमा आगलागीमा परेका नागरिकहरूलाई मद्दत गर्ने क्रममा मृत्यु

इनेप्लिज २०७९ माघ २१ गते ११:५७ मा प्रकाशित

अमेरिकी सहायता कार्यकर्ता पीट रीडको युक्रेनमा आगलागीमा परेका नागरिकहरूलाई मद्दत गर्ने क्रममा मृत्यु भएको समूहहरूले बताएका छन ।

मानवीय कार्यकर्ता र अमेरिकी नौसेनाका पूर्व अधिकारी पीट रीडको गत बिहीबार युक्रेनको बाख्मुतमा नागरिकहरूलाई सहयोग गर्ने क्रममा मृत्यु भएको छ ।

एक विज्ञप्तिमा संगठनले ग्लोबल रेस्पोन्स मेडिसिन नामक संस्थाका संस्थापक भएको जनाएको छ । उनि बिगत ४ बर्ष देखि अध्यक्षको रूपमा सेवा गर्दै आई रहेका थिए ।

पीटले फेब्रुअरी २, २०२३ मा युक्रेनको बाख्मुतमा क्षेप्यास्त्रको आक्रमणमा परेका युक्रेनी नागरिकहरूको निकासीमा सक्रिय रूपमा सहयोग गरिरहेका थिए ।

पूर्वी युक्रेनको बाख्मुत शहर हालैका हप्ताहरूमा तीव्र युद्धको केन्द्रबिन्दु बनेको छ। “उनले नागरिकहरूलाई बाहिर निकाल्दै थिए र उनको एम्बुलेन्स(रुग्ण वाहिनी)मा गोलाबारी हुँदा घाइतेहरूलाई प्रतिक्रिया दिँदै थिए,” उनकी पत्नी एलेक्स के पोटरले सामाजिक संजालमा प्रकाशन गरेकी छिन ।

आफ्नो पतिको शव घर फिर्ता ल्याउने पोल्याण्ड जाँदै गर्दा पोटरले सीबीएस न्यूज संवाददाता डेबोरा पट्टासँग भ्रमणध्वनि (फोन)कुरा गरेकी छिन ।

प्रतिक्रिया