लघुकथा-सहिद

रेणु गुप्ता २०७९ माघ २१ गते २:३६ मा प्रकाशित

रेणु गुप्ता

त्यस दिन एउटा पर्व थियो । एउटा राष्ट्रिय पर्व । सबै बालबालिका छुट्टीमा घरै थिए । कर्मचारीहरू पनि कार्यालय गएनन् । आफ्नो संस्कृति नभएकोले खासै उत्साह थिएन । तर सबै कर्मचारीलाई घरमै देख्दा आमाको मनमा छोरोको सम्झनाको बाढी आयो ।

छोरो फौजमा थियो । विदेशको फौजमा । द्वन्द्वग्रस्त क्षेत्रमा खटेको थियो ।

सम्झनाको बाढीमा आनन्दले बग्दै गइरहेकी आमाको मनमा च्वास्स दुख्यो । लगत्तै मोबाइलको घन्टीले बाढीबाट निकाल्यो । फोन उठाइन् । विदेशकै नम्बर थियो ।

”माफ गर्नुहोला आमा, छोरोले वीरगति प्राप्त गरेछ । तपाईँ गर्व गर्नुहोस्, तपाईँको छोरो सहिद भएछ … ।” उताबाट अझ के के बोली आइरहेकै थियो । आमाको हातबाट मोबाइल खस्यो ।

आमा बेहोस भएर ढलिन् धरतीमा ।

रौतहट

प्रतिक्रिया