“फूल झैँ फुलोस भन्छु जीवन” बोलको गीत सार्वजनिक 

इनेप्लिज २०७९ माघ २१ गते २:३१ मा प्रकाशित

अर्जुन थापाको शब्द रचनामा राम कृष्ण ढकालको स्वर रहेको फूल झैँ फुलोस भन्छु जीवन बोलको गीत सार्वजनिक भएको छ जुन गीतका संगीतकार राजेश थापा हुन र फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।

जीवनलाइ फूल संग दाज्दै एउटा फूलले भोग्नु परेको पिडा र जीवनमा आउन सक्ने पिडाहरुलाई गीतमा उतारिएको छ। गीतले जीवन कथा बोकेको छ। गीतको भिडियो युवराज वाइवाले निर्देशन गर्नु भएको छ भने मुख्य भूमिकामा गायक राम कृष्ण ढकाल र रिमा विश्वकर्मा रहनु भएको छ। निर्देशक युबराज वाइवाले वास्तविक जीवनको कथा टिपेर भिडियोमा उतार्नु भएको छ। एउटा जिवन्त गीतको जिवन्त भिडियो हेर्न तलको लिंक खोल्नु होला।

प्रतिक्रिया