क्यालिफोर्नियाको एक घरमा बच्चासहित ६ आफन्तको हत्या गर्ने २ जना संदिग्धहरू हिरासतमा

इनेप्लिज २०७९ माघ २१ गते २:०६ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको एक घरमा बच्चासहित ६ आफन्तको हत्या गर्ने २ जना संदिग्धहरूलाई हिरासतमा लिइएको छ ।

“यस परिवारलाई हत्याराहरूले लक्षित गरेको थियो,” पत्रकार सम्मेलनमा शेरिफले भने।

शेरिफका अनुसार लक्षित र सम्भावित गिरोह-सम्बन्धित “नरसंहार” मा १६ वर्षीया आमा र उनको बच्चा सहित परिवारका छ जना सदस्यहरूलाई गोली हानी मारिएपछि दुई संदिग्धहरूलाई हिरासतमा लिइएको एबिसीन्यूजले जनाएको छ ।

उक्त घटना क्यालिफोर्निया राज्यको टूलारे काउन्टीको गोशेन शहरको खेतीपाती समुदायमा जनवरी १६ मा गोलीकाण्ड भएको थियो । १६ वर्षीया किशोरीले आफ्नो बच्चा समातेर दौडिन् र आफ्नो छोरोलाई बचाउनको लागि बारमा राखिन टुलारे काउन्टी शेरिफ माइक बुड्रोले भने।

तर बन्दुकधारीहरूले उनीहरू नजिक आए र दुवैलाई टाउकोको पछाडि गोली हाने, उनले भने।

अन्य मारिएका पीडितहरू १९,४९ र ५२ वर्षका थिए । साथै एक ७२ वर्षीया हजुरआमा जो आफ्नो ओछ्यानमा सुतिरहेकी थिइन्। संदिग्धहरू र पीडित परिवारका दुई सदस्यहरू प्रतिद्वन्द्वी गिरोहमा थिए ,बुड्रोले भने।

दुई संदिग्धलाई फेब्रुअरी ३ ,शुक्रबार बिहान हिरासतमा लिइएको हो । प्रहरीका अनुसार एक संदिग्धलाई बिना नै हिरासतमा लिइयो, तर दोस्रो संदिग्ध प्रहरीहरुसंग मुठभेड भएको शेरिफले बताए ।

प्रतिक्रिया