प्रवासी नेपाली एकता मंच अमेरिकाद्वारा विभिन्न महत्वपूर्ण निर्णय

इनेप्लिज २०७९ माघ २१ गते १:०८ मा प्रकाशित

प्रवासी नेपाली एकता मंच अमेरिकाद्वारा विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

प्रवासी नेपाली एकता मंच अमेरिकाको दोश्रो पूर्ण वैठक सँस्थाका अध्यक्ष शंकर पन्तको अध्यक्षता बस्यो । साथै बैठकद्वारा विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

उक्त बैठकले सँस्थाको वार्षिक कार्ययोजना निर्माण गर्नुको अतिरिक्त सँस्थालाई आर्थिक रुपमा बलियो बनाउन आवश्यक आर्थिक योजना पनि निर्माण गरेको छ । साथै बैठकले सँस्थाका पदाधिकारीहरु देखि सदस्यहरुको कार्यविभाजन गर्नुको साथै केहि महत्वपूर्ण व्यक्तित्वहरुलाइ महत्वपूर्ण जिम्मेवारी पनि सुम्पिएको छ।

त्यस क्रममा क्षेत्रिय इन्चार्जहरुमा उपाध्यक्षहरुलाइ जिम्मा दिइएको छ जसअनुसार पश्चिम क्षेत्रमा उद्धव खनाल , मध्य पश्चिम क्षेत्रमा सरस्वती मुखिया, उत्तर पूर्व क्षेत्रमा सोमेन्द्र रन्जित र डिसी मेट्रो क्षेत्र टँक कुँवरले जिम्मा पाउनु भएको छ ।

त्यसै गरेर सल्लाहाकार परिषद, अध्यक्षमा डा. भरत रावल बुद्दिजिबी परिषद, अध्यक्षमा डा. राम चन्द्र बराल र अनुशासन आयोग अध्यक्षमा राम प्रसाद ज्ञवालीलाइ जिम्मेवारी दिइएको छ ।

त्यस लगायत संस्थाका पदाधिकारीहरुलाई पनि विभिन्न जिम्मेवारीहरु प्रदान गरिएको छ । टेक्सास निवासी चन्द्र पाण्डेलाई संस्थाको केन्द्रिय कमिटिमा मनोनित गरिएको जानकारी महासचिव युवराज खनालले बताए ।

प्रतिक्रिया