अमेरिकामा ५४ बर्षमा सबैभन्दा कम ३.४ % बेरोजगारी दर,बाइडेन प्रति सकारात्मक टिका टिप्पणी

इनेप्लिज २०७९ माघ २१ गते ०:४६ मा प्रकाशित

जो बाइडेन अमेरिकी राष्ट्रपति भएको दुई बर्षमा अमेरिकामा ५४ बर्षमा सबैभन्दा कम ३.४ % बेरोजगारी दर पुगेको छ । बाइडेनले पदभार ग्रहण गर्दा बेरोजगारी दर ६.३ प्रतिशत थियो।

यो अहिले ३.४ प्रतिशतमा झरेको छ । अमेरिकामा आज फेब्रुअरी ३ का दिन बिहान जनवरी महिनामा ५ लाख १७ हजार मानिसहरुले रोजगार प्राप्त गरेको अमेरिकी श्रम बिभागले घोषणा गरेको थियो ।

१९६९ पछिको सबै भन्दा कम बेरोजगारी दर ३.४ % मा झरे पछि राष्ट्रपति बाइडेन प्रति अमेरिकी जनता ,अर्थ विश्लेषक,अर्थशास्त्री अर्थविदहरुले सकारात्मक टिप्पणी गरेका छन । सामाजीक संजाल भरि ५ दशक पछिको सबै भन्दा कम बेरोजगारी दर पुग्न सफल भएकोमा बाइडेन कुशल र सफल राष्ट्रपति हुन् भनि टिका टिप्पणी हुन् थालेको छ ।

यसै गरि सामाजिक संजालमा यदि तपाई ५४ बर्ष भन्दा कम उमेरको हुनु हुन्छ भने तपाईको जीवनकालको सबैभन्दा कम बेरोजगारी दरको अनुभव गर्दै हुनुहुन्छ भनि लेखेका छन् ।

बेरोजगारी दर ३.६ प्रतिशतको अनुमानको तुलनामा ३.४ प्रतिशतमा झरेको छ। यो सन् १९६९ को मे यताकै न्यून बेरोजगारी स्तर हो ।

प्रतिक्रिया