अमेरिकी आकाशमा उडेको चीनले बैज्ञानिक अनुसन्धानको लागि छोडेको स्विकार 

इनेप्लिज २०७९ माघ २० गते १९:३४ मा प्रकाशित

अमेरिकी आकाशमा उडेको बेलुन चीनले बैज्ञानिक अनुसन्धानको लागि छोडेको स्विकार स्विकार गरेको छ ।

चीनले शुक्रबार मोन्टानामा यस हप्ता  उच्च उचाइमा रहेको बेलुन बेइजिङको भएको वताएको छ ।

चीनले मौसम विज्ञान जस्ता वैज्ञानिक अनुसन्धानका लागि प्रयोग गरिएको नागरिक उपकरणको रूपमा उल्लेख गरेको छ। 

एक वरिष्ठ रक्षा अधिकारीले बिहीबार सीबीएस न्यूजलाई  जानकारी गराउदै चिनियाँ निगरानी बेलुन भएको पुष्टी गरेका छन ।

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार बेलुन  पश्चिमी हावाबाट प्रभावित भएको र यसको दिशा नियन्त्रण गर्ने क्षमता सीमित भएको जनाएको छ ।

 विज्ञप्तिमा यो पनि भनिएको छ कि बेलुन हावाको कारण सयुक्त  राज्य अमेरिकामा पसेकोमा खेद समेत प्रकट गरेको जनाएको छ ।

प्रतिक्रिया