भ्वाईस अफ नेपाल ४ बिजेता करणको पहिलो गीत ‘चङ्गा’ सार्वजनिक, दयाहाङको अभिनय (भिडियो सहित)

इनेप्लिज २०७९ माघ २० गते ११:४२ मा प्रकाशित

काठमाडौ । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता बनेपछि गायक करण राईले पहिलो अफिसियल म्युजिक भिडियो ‘चङ्गा’ सार्वजनिक गरेका छन् । करणले आफ्नै युट्युव च्यानल करण राई मार्फत ‘चङ्गा’ सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोमा सुपरस्टार अभिनेता दयाहाङ राईको अभिनय देख्न सकिन्छ ।

करण भ्वाईस अफ नेपाल सिजन ४ मा जान अगाडी सार्वजनिक गरिएको ‘द काईट्स’ एल्बममा समावेश गीत ‘चङ्गा’ गीतको शब्द निर्देशक, कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द रहेको छ । देबेश राईको संगीत रहेको यस गीतमा मिक्सिङ, मास्टरिङपनि देबेशकै रहेको छ ।

गीतको शब्दको भाव अनुसार बनेको म्युजिक भिडियोलाई अनिल सुब्बाले निर्देशन गरेका छन् । भिडियोमा अभिनेता दयाहाङसंगै अशिम सुब्बा, संगीता थापा लगायत कलाकारहरुको अभिनय रहेको छ । म्युजिक भिडियोमा दयाहाङसंग करणपनि देखिएका छन् । दयाहाङसंगको यो सहकार्य दर्शकहरुका लागी उपहार स्वरुप ल्याएको करणले बताए ।

प्रतिक्रिया