लघुकथा-सापटी

इनेप्लिज २०७९ माघ २० गते ११:२९ मा प्रकाशित

राममाया आफ्नी छोरी सुशिलालाई टाउको दुखेर ज्वरो आएपछि औषधी किन्न पैसा नभएर छिमेकी घरको भगवतीकहाँ पैसा सापटी माग्न पुगिन् । “आज मेरी छोरी सुशिलालाई टाउको दुखेर ज्वरो आएको हुंदा औषधी किन्न हजुरकहाँ एकहजार जति सापटी माग्न आएको हुं म” भनिन् । “तिमीलाई हरेक दिन चुरोट खाइरहन चाहि मसँग पैसा सापटी माग्न आउनु नपर्ने औषधी किन्न चाहिँ सापटी माग्न आउनु पर्ने यो के चाला हो तिम्रो” भगवतीले भनिन् । “चुरोट खान चाहिँ मैले सुशिलाको बुबाले जागिर खानु हुंदा कमाउनु भएको पैसा जोगाएर राखेको हुँ नि मलाई चुरोट नभई हुँदैन नि” राममायाले भनिन् । “

तिमीले आजैदेखि चुरोट खान छाड्ने भए मात्र म तिमीलाई एकहजार सापटी दिन सक्छु नत्र दिन सक्दिन” भगवतीले भनिन् । “हुन्छ हजुर म आजैदेखि चुरोट खान्न चुरोट खान जोगाएर राखेको पैसा पनि बिरामी पर्दा औषधी किनेर खान्छु” राममायाले भनिन् ।

सामाखुसी मार्ग, ९३५÷५४
मोबाइल ९८४१७९७६६४
काठमाडौं (नेपाल)

प्रतिक्रिया