एबीसी न्यूजका प्रसिद्ध पूर्व खोज पत्रकारलाई बाल यौन शोषण मुद्दामा पक्राउ

इनेप्लिज २०७९ माघ २० गते १:३७ मा प्रकाशित

एबीसी न्यूजका प्रसिद्ध पूर्व खोज पत्रकारलाई बालबालिकाको यौन दुर्व्यवहारको चित्रण गर्ने तस्बिरहरू लागेको आरोपमा पक्राउ गरिएको अमेरिकी न्याय विभागले बुधबार जनाएको छ ।

राष्ट्रिय सुरक्षा र सेनाका लागि समाचार बनाउने र प्रकाशित गर्ने आर्लिंगटन भर्जिनिया निवासी ५३ वर्षीय जेम्स गोर्डन मीकलाई मंगलबार पक्राउ गरिएको छ ।

अधिकारीहरूले उनको घरबाट लिइएका बिधुतिय उपकरणहरूमा यौन स्पष्ट आचरणमा संलग्न बालबालिकाका तस्बिरहरु फेला पारेका थिए ।

उनले बाल पोर्नोग्राफी(यौन दुर्व्यवहार)को ढुवानीको आरोपको सामना गर्नु परेको छ भने कम्तिमा ५ वर्ष र २० वर्षसम्मको कारागार सजाय हुन् सक्ने अधिकारीहरुले भने ।

मीकले गत वर्ष एबीसी न्यूजबाट राजीनामा दिएका थिए भनि डब्लुटिओपीले समाचार लेखेको छ ।

अनुसन्धानकर्ताहका अनुसार उनि सामाजिक संजाल स्नैपच्याट जस्ता मंचहरूमा मीक नाबालिगहरूसँग संलग्न भएका थिए । प्रहरी जासुसहरुले अन्तर्वार्ता लिईएको एक नाबालिगले अधिकारीहरूलाई मीकले उनलाई सामाजिक संजाल स्नैपच्याट मार्फत सम्पर्क गरेको र उनलाई यौन खुलासा भएका तस्बिरहरु उपलब्ध गराउन दबाब दिएका थिए भनि अदालतका कागजातहरू उल्लेख गरिएको छ ।

मीक २०१३ मा एबीसी न्यूजको वाशिंगटन बिभागको खोजी निर्माताको रूपमा सामेल भएका थिए । उनले पहिले न्यूयोर्क डेली न्यूजका लागि पनि काम गरेका थिए । होमल्याण्ड सेक्युरिटी (अमेरिकी गृह बिभाग)सम्बन्धी अमेरिकी तल्लो सदन (यूएस हाउस कमिटी)का लागि वरिष्ठ प्रतिआतंकवाद सल्लाहकार र अन्वेषकको रूपमा पनि काम गरेका थिए।

प्रतिक्रिया