संदिग्ध चिनियाँ जासूस बेलुन ( वायुगोल) अमेरिकाको उत्तरी क्षेत्रमा भेटियो

इनेप्लिज २०७९ माघ २० गते ०:३८ मा प्रकाशित

अमेरिकी सेनाले विगत केही दिनदेखि उत्तरी अमेरिकामा घुमिरहेको एक संदिग्ध चिनियाँ निगरानी बेलुन(वायुगोल/ गुब्बारा) निगरानी गरिरहेको एनविसिन्यूजले जनाएको छ ।

र , सेना र रक्षा नेतृत्वहरुले यसलाई आकाशबाट गोली हान्न छलफल गरेको दुई अमेरिकी अधिकारी र एक वरिष्ठ रक्षा अधिकारीले बताएका छन ।

पेन्टागनका प्रवक्ता ब्रिगेडियर( सहायक रथि)प्याट राइडरले संयुक्त राज्य सरकारले अहिले महाद्वीपीय संयुक्त राज्य अमेरिकामा रहेको उच्च उचाइको निगरानी बेलुन पत्ता लगाएको छ र पछि लागि रहेको बताए ।

“हामी यसलाई नजिकबाट पछ्याई रहेको र निगरानी गर्न जारी राख्छौं।” एक पटक बेलुन पत्ता लागेपछि, अमेरिकी सरकारले संवेदनशील जानकारीको सङ्कलनबाट जोगाउन तुरुन्तै कदम चाल्यो,” राइडरले भने।

उच्च उचाइमा रहेको बेलुन (वायुगोल/ गुब्बारा) )बुधबार मोन्टानाको बिलिङ्समा देखियो। यो क्यानडा हुँदै मोन्टानामा अलेउटियन टापुहरूमा उड्यो। एक वरिष्ठ रक्षा अधिकारीका अनुसार वायुगोल(बेलुन)अझै अमेरिका माथि छ तर अहिले कहाँ छ भन्न अस्वीकार गरे भनि एनबिसीन्यूजले समाचार लेखेको छ ।

बुधवार, रक्षा सचिव लोयड अस्टिनले वरिष्ठ सैन्य र रक्षा नेताहरूको बैठक बोलाए । अस्टिन त्यतिबेला फिलिपिन्समा यात्रा गर्दै थिए।

प्रतिक्रिया