स्वस्थ ढङ्गले व्यापार गर्नु पर्छ– पूर्वप्रधानमन्त्री ओली

इनेप्लिज २०७९ माघ १९ गते २३:०४ मा प्रकाशित

विराटनगर, १९ माघ(रासस): नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी एवं व्यवसायीले स्वस्थ ढङ्गले व्यापार आगाडि बढाउनु पर्ने बताउनुभएको छ ।

सिएनआई कोशी एक्स्पो –२०७९ को आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले कर उठाउनु र राजस्व अभिवृद्धि गर्नु पर्ने भन्दै विज्ञान र प्रविधि हेरेर विकास गर्नुपर्छ भन्नुभयो ।

उहाँले अनेक हिसाबले विराटनगर पहिलो स्थान हुनु पर्नेमा हुन नसक्नुको कारण खोज्नु पर्ने भन्दै सरकारले जारी गरेको न्यूनतम साझा कार्यकमले उद्योगी र व्यापारीको समस्या समाधान हुने बताउनुभयो ।

प्रतिकूल समयमा निराश भएर आत्महत्या गर्नु राम्रो होइन भन्दै अध्यक्ष ओलीले समस्यासँग लड्न सक्नुपर्छ र समस्याको समाधान खोज्नु पर्छ भन्नुभयो ।

विराटनगरबाटै उद्योग, उद्योगी र व्यपार एवं व्यवसाय सुरु भएको भन्दै अध्यक्ष ओलीले उद्योगको विकास गर्न सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो ।

उद्योगी एवं व्यवसायीले सङ्घठनात्मक प्रतिस्पर्धा गर्नु भन्दा काम र उत्पादनमा प्रतिस्पर्धा गर्नु पर्ने भन्दै पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो,‘समस्याको समाधान नगदा नगदी हुनु पर्छ उधरोमा होइन।’

उहाँले भन्नुभयो, ‘ कुराले चिउरा नबिक्ने’ सरकारले उद्योगी र व्यपारीको समस्या समाधान गर्न ठोस कदम चाल्नु पर्छ।’

गएको एक महिना देखि देशको अर्थतन्त्रमा सुधार आएको भन्दै अध्यक्ष ओलीले आम्दानी कम र खर्च बढी हुने कारणले बजेट घाटा रहेको स्मरण गराउनुभयो । उहाँले नेपालको सबै भन्दा होचो भूभाग केचनाकवल देखि सबै भन्दा अग्लो सगरमाथाबीचको विविधतालाई पहिचान गरी औषधि उत्पादन हुने उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले उद्योग र उद्योगीको समस्या समाधान गर्न आफूले पहल गर्ने भन्दै त्यसका लागि समस्याहरुलाई बुँदागत रुपमा ल्याउन आग्रह गर्नुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भर्खर पाँच वर्ष भएको प्रदेश संरचना खारेज गर्नु पर्ने माग उठ्नु हतार बोलिएको जस्तो हो भन्दै प्रदेश सरकारको काम हेरेर समीक्षा गर्नु पर्ने कुरामा जोड दिनुभयो । उहाँले प्रदेश सरकारले खर्च हटाउन मन्त्रालयको सङ्ख्या घटाएको जानकारी दिँदै सरकार प्रदेशको नाम सकेसम्म सहमतिबाट नभए प्रक्रिया र विधिबाट निस्कर्षमा पु¥याउने

विराटनगर, १९ माघ(रासस): नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी एवं व्यवसायीले स्वस्थ ढङ्गले व्यापार आगाडि बढाउनु पर्ने बताउनुभएको छ ।

सिएनआई कोशी एक्स्पो –२०७९ को आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले कर उठाउनु र राजस्व अभिवृद्धि गर्नु पर्ने भन्दै विज्ञान र प्रविधि हेरेर विकास गर्नुपर्छ भन्नुभयो ।

उहाँले अनेक हिसाबले विराटनगर पहिलो स्थान हुनु पर्नेमा हुन नसक्नुको कारण खोज्नु पर्ने भन्दै सरकारले जारी गरेको न्यूनतम साझा कार्यकमले उद्योगी र व्यापारीको समस्या समाधान हुने बताउनुभयो ।

प्रतिकूल समयमा निराश भएर आत्महत्या गर्नु राम्रो होइन भन्दै अध्यक्ष ओलीले समस्यासँग लड्न सक्नुपर्छ र समस्याको समाधान खोज्नु पर्छ भन्नुभयो ।

विराटनगरबाटै उद्योग, उद्योगी र व्यपार एवं व्यवसाय सुरु भएको भन्दै अध्यक्ष ओलीले उद्योगको विकास गर्न सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो ।

उद्योगी एवं व्यवसायीले सङ्घठनात्मक प्रतिस्पर्धा गर्नु भन्दा काम र उत्पादनमा प्रतिस्पर्धा गर्नु पर्ने भन्दै पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो,‘समस्याको समाधान नगदा नगदी हुनु पर्छ उधरोमा होइन।’

उहाँले भन्नुभयो, ‘ कुराले चिउरा नबिक्ने’ सरकारले उद्योगी र व्यपारीको समस्या समाधान गर्न ठोस कदम चाल्नु पर्छ।’

गएको एक महिना देखि देशको अर्थतन्त्रमा सुधार आएको भन्दै अध्यक्ष ओलीले आम्दानी कम र खर्च बढी हुने कारणले बजेट घाटा रहेको स्मरण गराउनुभयो । उहाँले नेपालको सबै भन्दा होचो भूभाग केचनाकवल देखि सबै भन्दा अग्लो सगरमाथाबीचको विविधतालाई पहिचान गरी औषधि उत्पादन हुने उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले उद्योग र उद्योगीको समस्या समाधान गर्न आफूले पहल गर्ने भन्दै त्यसका लागि समस्याहरुलाई बुँदागत रुपमा ल्याउन आग्रह गर्नुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भर्खर पाँच वर्ष भएको प्रदेश संरचना खारेज गर्नु पर्ने माग उठ्नु हतार बोलिएको जस्तो हो भन्दै प्रदेश सरकारको काम हेरेर समीक्षा गर्नु पर्ने कुरामा जोड दिनुभयो । उहाँले प्रदेश सरकारले खर्च हटाउन मन्त्रालयको सङ्ख्या घटाएको जानकारी दिँदै सरकार प्रदेशको नाम सकेसम्म सहमतिबाट नभए प्रक्रिया र विधिबाट निस्कर्षमा पु¥याउने भत्रुभयो ।

उद्योगी र बैंक बीचको ब्याजका समस्या क्रमश : समाधान हुँदै जाने भन्दै सरकार उद्योग र उद्योगीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सङ्घीय सरकार उद्योग प्रवद्र्धन र सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।

उहाँले उद्योग र उद्योगीका निम्ति सरकारले ल्याएको नीतिबाट निर्यात बढ्ने र अर्थतन्त्रमा सुधार आउने विचार राख्नुभयो ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले औद्योगिक मेलाले उपभोक्त्ता र उत्पादकबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्ने बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घ प्रदेश नं १ का अध्यक्ष भीम घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रम परिसङ्घका केन्द्रीय अध्यक्ष विष्णु अग्रवालले पनि बोल्नुभएको थियो ।

विराटनगर महानगरपालिकाको शङ्करपुर स्थित लागेको सो मेला माघ २८ गतेसम्म चल्ने र मेलामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका गरी ४०० स्टल रहेका छन् । मेलामा वस्तु, सेवा विक्री हुनुका साथै सन्ध्याँकालीन सांगितिक कार्यक्रमको पनि व्यवस्था भएको छ ।

उद्योगी र बैंक बीचको ब्याजका समस्या क्रमश ः समाधान हुँदै जाने भन्दै सरकार उद्योग र उद्योगीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।

प्रतिक्रिया