तेक्वान्दोको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू

मनोज दाहाल २०७९ माघ १९ गते २२:५४ मा प्रकाशित

मोरङ,१९ माघ (रासस): विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा आजदेखि यहाँ सुरू भएको छ ।

प्रदेश नं. १ आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा शुरु भएको ग्रेडिङ परीक्षामा तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपेटी तेस्रो डान ग्रेडिङ परीक्षा रहेको आइटिएफ तेक्वान्दोको केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. १ का अध्यक्ष प्रविण कार्कीले जानकारी दिनु भयो ।

प्रदेशका ४१ जना तेक्वान्दो खेलाडीहरूको सहभागिता रहेको उक्त्त परीक्षामा उत्तीर्ण हुने खेलाडीहरुलाई ग्रेड वृद्धी गरिने कार्कीले बताउनु भयो ।

प्रदेश नं. १ का खानेपानी, सिचाइ तथा उर्जामन्त्री तिलकुमार मयाङ्बोले ग्रेडिङ परीक्षाको उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासमा सरकारले सहयोग गर्ने बताउनु भयो ।

उहाँले तीन तहको सरकार खेलकुद क्षेत्रको विकासमा अगाडी बढेर यस क्षेत्रको विकासमा लाग्नु पर्ने विचार राख्नु भयो ।

सांसद जयप्रकाश चौधरी, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघको अध्यक्ष तथा नेपाल आइटिएफका केन्द्रीय उपाध्यक्ष प्रविण कार्कीले खेलकुदले अनुशासन कायम गर्ने भएकोले यस क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने बताउनु भयो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया