राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय पाउनु पर्छ– नेकपा एमाले अध्यक्ष ओली

इनेप्लिज २०७९ माघ १९ गते ११:१४ मा प्रकाशित

विराटनगर, १९ माघ(रासस)ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमती अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री पाउनु पर्ने बताउनु भएको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले भन्नु भयो –‘राष्ट्रिय स्वतन्त्र पार्टी उपप्रधान तथा गृहमन्त्री लगायत मन्त्रीहरुले दिने सहमती अनुसार वर्तमान सरकारमा सहभागी भएको हो’।

अध्यक्ष ओलीले रास्पालाई गृह मन्त्रालय दिएको र त्यो पार्टीले कसलाई बनाउने उस्को जिम्मेवारी रहेको छ भन्दै यस विषयमा कुनै छलफल नभएको र र सरकारवीच असमझदारी समेत नरहको स्पष्ट पार्नु भयो ।

उहाँले लोकतन्त्रलाई वढी संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधीलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यक्त्ता भएको औल्याउनु भयो ।

उहाँले संविधान संशोधन गर्ने दस्तावेज भएपनि शासन प्रणालीमा सुधार गर्न अहिलेनै यो संशोधन गर्नुपर्ने बेला नभएको स्पष्ट पार्नु भयो ।

पूर्वप्रधानमन्त्री ओलीले भन्नु भयो –‘वर्तमान अवस्थामा लोकतन्त्रका विरुद्ध षडयन्त्र अन्त्यन्तै भद्धा र तीव्र ढङ्गले भैरहेकोले त्यसप्रति नेपाली जनता सजग र सचेत हुनु पर्छ ’ ।

उहाँले नेपाली कांग्रेसले राजनीतिक संस्कार र चरित्र नराखेका हुनाले राष्ट्रपति पदमा उम्मेदवार उठाउँछु , हामीलाई दिनुस भन्नु अनौठो कुरा नभएको बताउनु भयो ।

अध्यक्ष ओलीले नेकपा एमालेको राष्ट्रपतिमा उम्मेदवार हुनु भनेको सत्ता पक्ष र वर्तमान समिकरणको उम्मेदवार भएको स्पष्ट पार्नु भयो ।

उहाँले नेकपा माओवादी केन्द्रले राष्ट्रपति पदको उम्मेदवारका सम्वन्धमा राष्ट्रिय सहमती भन्नु वर्तमान नयाँ समिकरणका उम्मेदवारलाई नेकाँले समर्थन गर्नु भन्ने तात्पर्य रहेको विचार राख्नु भयो ।

उहाँले भन्नु भयो –‘मध्यावधि निर्वाचन आगामी पाँच वर्षपछि हुनेछ’ ।

प्रतिक्रिया