ओहायोमा एक व्यक्तिलाई आईएसआइएसमा सामेल हुन खोजेको आरोपमा १० वर्षको कारागार सजाय

इनेप्लिज २०७९ माघ १९ गते २:०६ मा प्रकाशित

ओहायोमा एक व्यक्तिलाई आईएसआइएसमा सामेल हुन खोजेको आरोपमा १० वर्षको कारागार सजाय सुनाइएको छ । एक संघीय न्यायाधीशले बुधबार ओहायोमा एक व्यक्तिलाई आतंकवादी समूह इस्लामिक स्टेट अफ इराकमा सामेल हुन प्रयास गरेको आरोपमा १० वर्षको झ्यालखाना सजाय सुनाए ।

नासेर अल्मादाओजी पनि कारागार सजाय पछि १५ वर्षको निगरानीमा रिहाइको अधीनमा हुनेछन भनि न्याय विभागले एक विज्ञप्तिमा पुष्टि गरेको छ ।

२३ वर्षीया इराकमा जन्मेका अमेरिकी नागरिक हुन् र २०२१ मा विदेशी आतंकवादी संगठनहरूलाई भौतिक सहयोग उपलब्ध गराउने प्रयास गरेकोमा दोषी ठहरिएका थिए ।

अल्मादाओजीले २०१८ मा कजाकिस्तानको लागि विमानको टिकट किनेका थिए । तर एफबिआईको संयुक्त आतंकवाद कार्य बलका जासुसहरूले उनलाई कोलम्बस, ओहायोको जोन ग्लेन अन्तर्राष्ट्रिय विमानस्थलमा उनि प्रस्थान गर्नु अघि पक्राउ गरेक थिए ।

पछि उनले अन्वेषकहरू समक्ष अफगानिस्तानमा तस्करी गर्ने र कार बम बनाउने, अपहरण गर्ने प्राथमिकता लक्ष्यहरू र घरहरू तोड्ने जस्ता सैन्य प्रशिक्षण प्राप्त गर्न इस्लामिक स्टेटमा सामेल हुने योजना बनाएका थिए।

यसअघि २०१८ मा अल्मादाओजीले सिनाई प्रायद्वीपमा आइएससँग सम्बद्ध संगठनमा सामेल हुने प्रयासमा जोर्डन र इजिप्टको यात्रा गरेका थिए। उनी सफल भएनन् र अमेरिका फर्किएका थिए भनि युपीआईले समाचार लेखेको छ ।

प्रतिक्रिया