एफबीआईले बाइडेनको डेलावेयर घरबाट कुनै वर्गीकृत कागजातहरू फेला पारेन

इनेप्लिज २०७९ माघ १८ गते २३:१० मा प्रकाशित

एफबीआईले राष्ट्रपति जो बाइडेनको रेहोबोथ समुन्द्रतट स्थित डेलावेयरको घरको खोजी पूरा गरेको छ ।

तर त्यहा कुनै वर्गिकृत चिन्हहरू भएका कुनै कागजातहरू फेला नपरेको बाइडेनकै व्यक्तिगत वकिलले बुधबार बताए ।

बाइडेनका वकिल बब बाउरका अनुसार एफबीआईले उनीहरूसँग हस्तलिखित टिपोटहरु र थप समीक्षाका लागि केही सामग्री लिएको जनाए ।

खोजीकार्य करिव साढे तीन घण्टा लागेको सिबिएसन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया