रविले छवि बिगार्न हुदैन

डा. गोबिन्दसिंह रावत, टोरन्टो २०७९ माघ १८ गते २३:०७ मा प्रकाशित

अहिले नेपाली बजारमा रवि लामिछानेको प्रसङ्ग जोडतोडका साथ चलेको छ । सामाजिक संजालमा पनि
उनको चर्चा र उनको वयान, व्याख्यानका प्रसङ्गहरु व्याप्त छन् । अमेरिका आएपछि उनले ग्रिनकार्ड पाए । अनि
पहिलोपटक अनलाईनबाट पंकज वास्तोलालाई दिएको अन्तर्वार्तामा आफ्नो भविष्य खोज्दै अमेरिका आएकोमा
ग्रीनकार्ड पाएर आउने उद्देश्य सफल भएको र अब चाडै परिवारलाई बोलाएर व्यवस्थित बनाउने भन्नु भएको थियो ।
रवि अमेरिकामा सब–वेमा काम गर्दै मञ्चमा उद्घोषण गर्ने कलालाई कहिल्यै विश्राम हुन दिएनन् । उनले आफुलाई
चिन्हाउन आफैले आनलाईन कार्यक्रममार्फत रवि लामिछाने को हो भनी जनमानसलाई चिन्हाउन थाले । त्यसैबेला
उनलाई आफुले कुनै ठोस वा महत्वपूर्ण काम नगरेसम्म जनमानसले चिन्ने छैनन् भन्ने आभास भएपछि विश्व
रेकार्डका बारेमा सोच्न थाले । त्यसपछि उनी ताते । उनलाई यो रेकार्ड बनाउन गृहकार्यमा आर्थिक संकलन गर्ने
कार्यमा धेरैले सहयोगी हातहरु अघि बढेको थियो । यसक्रममा उनी क्यानडासम्म पुगेका थिए ।

विदेशिएका नेपालीहरुको वास्तविक पीडालाई प्रत्यक्ष देखाएर रविले कामयाबी पाउँदै गए । कामको लोभमा विचल्ली बनाईएकापीडितहरुको पक्षमा वकालात गर्दै मानव तस्करका विरुद्ध लाग्दालाग्दै जनमानसमाँझ प्रसिद्धि पाउँदै जान थाले ।

रविसँग अमेरिकामा मञ्च प्रस्तुतिकै क्रममा धेरैपटक भेट भएपछि सम्पर्क बनेको सम्झना छ । रविले २०७० सालमा
टेलिभिजनमा बसैभन्दा बढी समयसम्म अन्तर्वार्ता लिएर गिनिज विश्व रेकार्ड बनाउने कामको गृहकार्य गर्दा
क्यानडाको जिम्मा लिएर सहयोग गरेको सम्झना छ । २०७० सालमा विश्व रेकार्ड बनाएपछि २०७१ मा टिभी
प्रस्तोताका रुपमा उपस्थित भएर सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमको शुभारम्भ भएको थियो । तर माओवादी
अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री पुष्प कमल दहाल, प्रचण्डसँग कुरा नमिलेको कारण टेलिभिजनँबाट उनलाई
निकालिएको थियो । त्यहाँबाट रवि नेपाल २४ आवर्स टेलिभिजनसँग आबद्ध भएर ‘सीधाकुरा जनतासँग’
कार्यक्रममा देखा पर्न थाले । अनि यहीँ कार्यक्रमबाट उनको जीवनको टर्निङ्ग पोईन्ट शुरु भयो । विदेशिएका
नेपालीहरुको वास्तविक पीडालाई प्रत्यक्ष देखाएर रविले कामयाबी पाउँदै गए । कामको लोभमा विचल्ली बनाईएका
पीडितहरुको पक्षमा वकालात गर्दै मानव तस्करका विरुद्ध लाग्दालाग्दै जनमानसमाँझ प्रसिद्धि पाउँदै जान थाले ।
नेपालको राजनीतिक दलहरुका नेताहरुले गरेको भ्रष्टाचारका फाईलहरु खोताल्दै मौखिक चेतावनी दिदै जान
थालेपछि उनको प्रसिद्धि बढ्दै जान थाल्यो ।

प्रचण्ड, ओली, नेपाल र देउवाका विरुद्ध हुङ्कारका आवाजहरु बुलन्द गर्दै जान थाले । ललिता निवास खरिदमा प्रत्यक्ष देखा परेका विष्णु पौडेल कसरी २०५२ सालमा सुकुम्वासी बनेर आज ललित निवास किन्न पुगेबाट लिएर भ्रष्टाचारीका धेरै फाईलहरुका बारेमा जनतालाई अवगत गराउँदै जान थाले ।

२०७६ साउनमा पत्रकार शालिकराम पुडासैनीले चितवनमा गरेको आत्महत्याका लागि उनलाई दोषी बनाएर
प्रहरीले थुनामा समेत राखेको थियो । मर्नअघि पुडासैनीले आफ्नो मोबाईलमा मर्नको कारणमा रविको नाम लिएका
थिए । त्यसबेला ओली प्रधानमन्त्री थिए ।

त्यसबेला चितवनमा उनको पक्षमा ठुलो जनलहर देखा परेको थियो । संभवतः चिवनबाट चुनाव लड्ने गृहकार्य पनि त्यसपछि भएको हुनु पर्छ । त्यसपछि रवि नेपाल २४ आवर्स टेलिभिजनबाट निस्केर आफ्नै ग्यालेक्सी टेलिभिजन संचालन शुरु गरेर व्यवसायी पनि बने ।

टेलिभिजनबाट खबरदारी गर्ने कामले निरन्तरता पाउँदै गएको थियो । अनि नेपाल सरकारले २०७९ सालको तीनै
तहका सरकारको चुनाव घोषणा गरेपछि रबिले पनि जनताको आवाज र राजनीतिक भ्रष्टाचारका कुरा
टेलिभिजनभित्रबाट मात्र नउठाएर बाहिरबाट पनि उठाउन र खबरदारी गर्न राजनीतिमा आउने निधो गरेर राष्ट्रिय
स्वतन्त्र पार्टी गठन गरेर चुनावमा होमिए । उनले पुरा सबै नेताहरु भ्रष्ट भएकोले नो नट अगेनको नारामात्र
लगाएनन् उनको दलले संघियताको विरुद्धमा आवाज उठाउँदै संसदीय चुनावमा मात्र सहभागि बन्दै चितवन क्षेत्र
नं. २ बाट उम्वेदवारी दिएर भारी बहुमतका साथ चुनाव जित्न सफल भए ।

उनले अमेरिका प्रस्थान गरेपछि ग्रिनकार्ड पाए अनि परिवारलाई बोलाएर सँगै राखे । त्यसपछि उनले विश्वकै शक्तीशाली राष्ट्रको नागरिक बन्ने मौका पनि चुकाएनन् र विश्वको कुनै पनि मुलुकमा बिना रोकटोक आवत जावत गर्न अमेरिकाको पासपोर्ट पनि बनाएर गर्वका साथ भिसा
लिएर नेपाल भ्रमण गरे ।

कुनै पनि व्यक्तीले सफलताको ऊँचाईछुन खोज्दा उसको खुट्टा तान्नेहरुको लामनै लाग्न थाल्छ ।

उनले अमेरिका प्रस्थान गरेपछि ग्रिनकार्ड पाए अनिपरिवारलाई बोलाएर सँगै राखे । त्यसपछि उनले विश्वकै शक्तीशाली राष्ट्रको नागरिक बन्ने मौका पनि चुकाएनन् रविश्वको कुनै पनि मुलुकमा बिना रोकटोक आवत जावत गर्न अमेरिकाको पासपोर्ट पनि बनाएर गर्वका साथ भिसा लिएर नेपाल भ्रमण गरे ।

पछिल्लोपटकको भ्रमणपछि उनले आफुलाई चिन्हाउन नेपालमा नै बसेर केही गरौं जस्तै
लाग्यो । उनले नेपाल २४ आवर्स टेलिभिजनसँग वर्क पर्मिटमा बाम गर्न थाले । काम गर्दै जाँदा जापान जाने मौका
पाएपछि अमेरिकाको पासपोर्टको सट्टा आफ्नो २०५० सालमा बनाएको नागरिकताका आधारमा नेपाली पासपोर्ट
बनाएर जापान भ्रमण गरपछि खुट्ट तान्नेहरुको जमातले उनको बारेमा खोजतलास गर्न थाले । अनि उनी विदेशी
भएर नेपाली पासपोर्ट बनाएको हेक्का पाएपछि उनीमाथि खनिए । यसपटक रविले नेपालको अमेरिकन दूतावासमा
गएर आफ्नो अमेरिकन पासपार्ट र नागरिकता हस्तान्तरण गरेर आफु शुद्ध नेपाली नागरिक बन्न चाहे । यही
उनको गल्तीले उनलाई गिजोल्न थाल्यो ।

उनले आफ्नो २०५० सालमा लिएको नागरिकतालाई आधार बनाएरसफलताको भ¥याङ्ग चढ्न थाले ।

उनको संगत धेरै विद्वान व्यक्तीहरुसँग भएको हुनु पर्छ । यसमा वकिलहरु पनिपक्कै परेका होलान ।

तर कसैले पनि उनलाई २०५० सालको नागरिकताले उनलाई नेपालको निरन्तर नागरिक
बनाउँदै भन्ने बारे जानकारी दिएनन् वा दिन चाहेनन् वा उनले बुझ्ने जमर्को गरेनन् । किनभने २००३ देखि
नेपालबाहिर बसोबास गर्ने नेपालीहरुलाई नेपालसँग जोड्न गैरआवासीय नेपाली संघ (एनआरएन) ले स्थापना
भएदेखि नै दोहोरो नागरिकताका लागि पहल गर्दै आएका छन् । विगत दस वर्षदेखि एकपटकको नेपाली सधैको
नेपालीको नारा दिदै आएको एनआरएनले अहिलेसम्म दोहोरो नागरिकताको स्वाद चाख्न पाएका छैनन् । यहाँ रबिले
अमेरिकाको नागरिकता त्यागेर पुरानै नेपाली नागरिकताका आधारमा सेवा सुविधा लिई रहेको र यसैका आधारमा
पार्टी गठन गरी चुनाव जितेर उप–प्रधानमन्त्रीसहीत गृहमन्त्री बन्न सफल भएको सबै एनआरएनले हेर्दै आएका थिए
। उनको नागरिकताको मुद्दा अदालतमा पुगेपछि सबै एनआरएन यसको फैसला सुन्न र भरसक रविको हकमा
फैसला जाओस भन्ने चाहना लिएका थिए । रविको पक्षमा फैसला हुनु भनेको सबै एनआरएनमा पनि त्यो लागु हुने
थियो । अर्थात एकपटकको नेपाली सधैको नेपाली । तर त्यसो भएन । त्यसैले एनआरएनको दोहोरो नागरिकताको
लागि लबिङ्ग निरन्तर रहने छ ।

रविले चुनाव जितेर आफु बलियो रहेको र जनताको साथ रहेको आभाष गरे । उनले सातवटा सिट जितेर १३ वटा
बोनस पाएर संसदमा २० वटा सिट भएको चौंथो ठुलो दल बनाउन सफल भए । संसदको पहिलो बैठकमा शपथ ग्रहण
गरेपछि त्यसबेलासम्म प्रधानमन्त्री रहेका देउवालाई भेट्न खोज्दा देउवाले बेवास्ता गरेको दृश्य टेलिभिजनमा सबैले
देखेको हुनु पर्छ । ईख राखेकै भरमा पत्रकारबाट राजनीतिमा आएर संसल बनेको रविले संभवतः देउवाको यही

बेवास्ताका कारण ओलीलाई भेटेर नयाँ राजनीति समिकरणका सम्भावना खोज्न थालेको पनि हुन सक्छ । नेपाली
राजनीतिका चतुर खिलाडी ओलीले देउवालाई काँग्रेस र एमाले मिलेर सरकारमा जाने समाचार पठाईनै रहेका थिए
भने देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट बञ्चित गराएपछि अन्ततः गोल आफैले गर्ने विचारमा बसेका थिए ।
त्यसैले प्रचण्डको माओवादीले समर्थन गरेन भने ओलीको एमालेको समर्थनमा वा संसदको सबैभन्दा ठुलो दलको
हैसियतले प्रधानमन्त्री आफ्नै हो भन्नेमा ढुक्क बसी रहे । तर ओलीले बीचमै प्रचण्डलाई समर्थन गर्न रास्वपा र
राप्रपालाई मिलाई सकेका थिए । सत्ताबाहिर बसेर जुन पार्टीले जति पनि राष्ट्रियताको स्वर अलापे पनि अन्ततः
महादेवको तीन नेत्र भनेझै देखिहाल्यो । अझ पार्टी चलाउन खर्च धानी दिनेलाई उनीहरुको व्यापारलाई फायदा पुग्ने
गरी ठेकेदारलाई शहरी विकास र विदेशमा कामदार पठाउने व्यापारीलाई श्रम मन्त्रालय जिम्मा लगाईएको बाटै
राजनीतिमा निजि स्वार्थ अनिवार्य रहेको प्रमाणित हुन्छ ।

हुन न रविले पनि दोहोरो नागरिकताको मुद्दा खेपिरहेको बेला उप–प्रधानमन्त्रीसहीत गृहमन्त्री बन्नुले नै उनलाई
अभिश्राप भयो । मुद्दा अदालतमा विचारहीन छ । गृहमन्त्री बन्नु आफैमा विरोधाभाष देखिएको थियो । गृह
मन्त्रालयको आदेशमा प्रहरीले जसको नागरिकता र राहदानीबारे छानबिन गरिरहेको थियो, त्यहीँ मानिस गृहमन्त्री
नियुक्त भएको छ । गृहमा गएपछि आफूविरूद्धको अनुसन्धान सामसुम हुन्छ भन्ने उनलाई थाहा थियो। सायद
सत्तामा पुगेपछि अदालतमा रहेको मुद्दाबाट पनि छुटकारा पाउँछु भन्ने भ्रम उनलाई थियो। रविले कुन नैतिक
आधारमा गृह मन्त्रालय दाबी गरेका हुन वा सत्ताका दुई ठूला साझेदार दल माओवादी केन्द्र र एमालेले कुन आधारमा
उनलाई त्यत्रो ठुलो जिम्मेवारी दियो भनेर बहस गर्नुको कुनै अर्थ छैन । राजनीति भनेकोनै जति सकिन्छ अरुलाई
बोका बनाउनु हो । गृह मन्त्रालय अन्तर्गत रहेको सिडिओ कार्यालय उनकै पक्षमा रहेको भएता पनि रविको
नागरिकता प्रकरणमा सर्वोच्च अदालतले अन्ततस् कानुनभन्दा माथि कोही हुँदैन भन्ने स्थापित गरिदिएको छ।
त्यसपछि उनको सांसद, मन्त्री र अध्यक्ष तीनै पद एकैपटक खारेज भयो । अनि उनले एकै दिनमा नयाँ नागरिकता
पाए । अनि उनले फेरी सरकारमा गृह मन्त्रालय नै दाबी गर्न थालेका छन् । त्यसो नभए सरकारको समर्थनबाट हट्ने
अल्टिमेटम पनि दिई सकेका छन् । उनलाई गृहको बागडोर सुम्पिने प्रधानमन्त्री प्रचण्ड कम दोषी छैनन्। त्यसैले
उनी अहिले सचेत भएका छन् । सर्वोच्चको फैसलाको प्रतिलिति कुरेर बसेको भने तापनि उनलाई काँग्रेसले समर्थन
गरी सकेकोले उनको सरकार जादैन भन्नेमा प्रचण्ड ढुक्क छन् । राजनीतिका माहिर खिलाडी प्रचण्डले प्रधानमन्त्री
बन्न रातारात द्यौरासुरुवाल सिए भने प्रधानमन्त्री बनेपछि आफैले मार्न लगाएका शसत्र प्रहरी प्रमुखको सालिक
अगाडि उभिएर सलाम ठोकेर आफै आत्मालोचन गर्न पुगेका छन् । प्रचण्डलाई थाहा छ रविको फैसला लम्बिदै जान
सक्छ । किनभने रविले झुटा विवरण पेस गरी नेपाली राहदानी लिएको आरोपबाट भने सफाइ पाएका छैनन्। यो
फौजदारी आरोपमाथि उचित छानबिन हुन जरूरी छ । त्यसैले यो मुद्दाको टुङ्गो नलागुन्जेलसम्म रविलाई गृह
मन्त्रालयको जिम्मा दिन सकिन्छ कि सकिदैन भन्ने बारे विचार गर्ने काम प्रधानमन्त्रीकै हो। फेरी अदालतबाट
सफाइ नपाई सरकारमा जान मिल्दैन अर्को कुरा, उनले नयाँ नागरिकता पाएका छन् ।

उनलाई गृहको बागडोर सुम्पिने प्रधानमन्त्री प्रचण्ड कम दोषी छैनन्। त्यसैले उनी अहिले सचेत भएका छन् । सर्वोच्चको फैसलाको प्रतिलिति कुरेर बसेको भने तापनि उनलाई काँग्रेसले समर्थन गरी सकेकोले उनको सरकार जादैन भन्नेमा प्रचण्ड ढुक्क छन्

यो नागरिकताका आधारमा उनको नाम मतदाता सूचिमा छैन ।

मतदाता सूचिमा नभएकोले उनले चितवन क्षेत्र नं. २ को चुनावमा पनि भाग लिन पाउँदैनन् ।

तर पाँच वर्षपछि नयाँ जनआधारका लागि हुने चुनावका लागि नयाँ मतदाता सूचि बन्छ र त्यसमा उनको नाम समावेश भएपछि मात्रै उनले मतदाता सुचिमा नामराखेर उम्वेदवारी दिन पाउने छन् । छोटो अवधिमा नै रविले राजनीतिको साम–दाम–दण्ड–भेद
बुझी सकेका छन् । त्यसैले रविले अब हतार नगरी संयमतापुर्वक खबरदारी गर्दै जनताको हा हितको लागि काम गर्न
जरुरी छ ।

उनको दललाई सत्तामा राखेर आफु राजनीतिमा आउनुको कारण सत्ता मोह नभएको जनता मोह रहेको
वास्तविकता प्रष्ट पार्न जरुरी छ । हिजोसम्म जस्को खेदो खनेको ,जसलाई भ्रष्टाचारका कारक मानेको, जसले गर्दा
देश बिग्रेको भन्दै कराएर जनमानसको विश्वास जितेका रविले आफ्नो स्वार्थका लागि आज ति नेताहरुको घरघरमा
चहारेको समाचारले जनमानसमा कतिको प्रभाव पार्छ भन्ने हेक्का राख्न जरुरी देखिन्छ ।

प्रतिक्रिया