साना उद्यमीलाई प्रविधिमैत्री बनाउन सहयोग गर्ने : मन्त्री सिटौला

इनेप्लिज २०७९ माघ १८ गते २३:०० मा प्रकाशित

विराटनगर,१८ माघ । प्रदेश १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश सरकारले साना उद्योग व्यवसायका उत्पादनलाई प्रविधिमैत्री बनाउन सहयोग गर्ने बताउनु भएको छ।

नेपाल उद्योग बाणिज्य महासङ्घ र नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा बुधबार यहाँ आयोजित साना उद्यमीका सदस्यका लागि विद्युतीय सचेतिकरण कार्यशालाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

मन्त्री सिटौलाले विद्युतीय अर्थतन्त्रको माध्यमबाट साना उद्यमीहरुलाई पनि इ–कमर्शमा अभिप्रेरित गर्न मन्त्रालयको तर्फबाट सहयोग पु¥याइने धारणा व्यक्त्त गर्नु भयो ।

आर्थिक क्षेत्रको समस्याले उद्यम व्यवसायमा नयाँ मान्छेहरुको उत्साह नदेखिएको अवस्थामा प्रदेश सरकारले साना उद्यमीहरुलाई सहयोग पुग्ने वातावरणको निर्माण गर्ने उहाँले बताउनु भयो ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश अध्यक्ष टिकाराज ढकाल, महासंघका केन्द्रीय सदस्यहरु नरेन्द्र कुमार खड्का, उमेश डालमिया, तारानाथ घिमिरे, डिबी बस्नेत, संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (यूएनसीडीएफ)का कन्ट्री रिलेशनसीप म्यानेजर सरोज नेपाल, स्वीस सरकार विकास सहयोग (एसडीसी) की सुब्रिना श्रेष्ठले कार्यशालाको शीप र ज्ञानले साना उद्योगका उत्पादनलाई सहज रुपमा बजारमा पुग्ने बाटो तयार हुने विश्वास व्यक्त गर्नु भयो ।

महासङ्घले साना उद्यमीहरुको क्षमता विकासका लागि डिजिटल प्लेटफर्मको प्रयोगबाट इ–कमर्शको प्रवद्र्धन गर्न सचेतिकरणका कार्यक्रमहरु गर्दै आएको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारीले बताउनु भयो ।

कार्यशालामा प्रदेशका विभिन्न जिल्लाका महासङ्घका पदाधिकारीहरु, उद्यमी तथा व्यवसायीहरु, उद्योग प्रतिष्ठानका कर्मचारीहरु लगायत ५० जनाको सहभागीता रहेको छ ।

प्रतिक्रिया