मोरङमा फागुन ११ देखि हात्तिपाईले रोग विरुद्धको औषधि खुवाईने

इनेप्लिज २०७९ माघ १८ गते २२:५६ मा प्रकाशित

विराटनगर,१८ माघ (रासस): मोरङ जिल्लामा आगामी फागुन ११ गतेदेखि हात्तिपाईले रोग विरुद्धको आम औषधि खुवाउने (एमडिए) अभियान सञ्चालन गरिने भएको छ ।

प्रदेश नं १ स्वास्थ्य कार्यालय मोरङले आज यहाँ आयोजित गोष्ठीमा १५ दिन सम्म अभियान सञ्चालन गरिने जनाएको छ ।

मोरङका १७ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, स्वास्थ्य संयोजकहरुको सहभागितमा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाईने अभियानलाई टोलस्तरसम्म पु¥याउने बारे छलफल भएको छ ।

कुल जनसंख्याको ८० प्रतिशत जनसङ्ख्यालाई सहभागि गराउने लक्ष्य सहित अभियान सञ्चालन गरिने बताईएको छ ।

जिल्लामा सञ्चालन गरिने १५ दिने अभियानमा दुई वर्षदेखि मुनिका , कडा रोग लागेका र गर्भवति बाहेकका व्यक्तिहरुलाई औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिनुभयो ।

अभियान अन्र्तगत अल्वेन्डाजोल, डाईइथाई, कर्माकाईजीन र आईभरमेक्टिन औषधि खुवाईने स्वास्थ्य कार्यालय मोरङका मलेरिया निरीक्षक राम लामाले बताउनुभयो ।

उहाँले हात्तिपाईले रोग विरुद्धको आम औषधि खुवाउने (एमडिए) अभियानमा सहभागी हुन सवैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया