अमेरिकामा कोरियाका किया र हन्डे गाडीहरु चोरी ज्यादा भएकोले स्टेट फार्म बिमाले अस्थायी रुपमा बिमा नगर्ने

इनेप्लिज २०७९ माघ १८ गते ०:२६ मा प्रकाशित

अमेरिकामा कोरियाका किया र हन्डे गाडीहरु चोरी ज्यादा भएकोले स्टेट फार्म बिमाले अस्थायी रुपमा बिमा नगर्ने भएको छ । तत्काललाई गाडीको बीमा गर्न बन्द गरेको बताएको छ । हामी नेपालीहरुले नेपालमा हुन्डाई भन्ने चलन छ भने अमेरिकामा हन्डे भनेर उच्चारण गरिन्छ ।

स्टेट फार्मले केही ढाँचा र कुनै बर्ष नतोकी नयाँ सवारी साधनहरुमा अस्थायी रूपमा बिमा रोकेको बताएको छ । बिमा संस्थाका अनुसर ती गाडी (कार)हरूको चोरीमा वृद्धि भएकोले यो कदम हाललाई चाल्नु परेको बताएको छ ।

“यो हाम्रा ग्राहकहरू र सम्पूर्ण सवारी साधन बीमा उद्योगलाई असर गर्ने गम्भीर समस्या हो,” स्टेट फार्मका प्रवक्ताले सीबीएस न्यूजलाई बिधुतिय डाक (इमेल)मार्फत बताएका छन ।

स्टेट फार्मले कुन प्रकारका हन्ड़े र किया गाडीहरू र कुन राज्यहरूको लागि नयाँ बीमा नीतिहरू निलम्बित गरेको छ भनेर निर्दिष्ट नगरेको सिबिएसन्यूजले उल्लेख गरेको छ ।

तर हाइवे लस डाटा इन्स्टिच्युट (राजमार्ग क्षति तथ्याँक संस्थान)भन्ने संस्थाले २०१५-१९ हन्ड़े र कियाका सवारीसाधनको चोरीको दाबी अन्य सबै गाडी निर्माण गर्नेहरूको तुलनामा झण्डै दोब्बर भएको पत्ता लगाएपछि यो निर्णय आएको हो।

उच्च चोरी दावीहरूको कारण केही हन्ड़े र किया गाडीहरूमा बिधुतिय स्थिरता हुने (इलेक्ट्रोनिक इमोबिलाइजर )को अभाव रहेकोले चोरहरूलाई चोर्न सजिलो हुने राजमार्ग क्षति तथ्याँक संस्थान(हाइवे लस डाटा इन्स्टिच्युट)ले बताएको छ ।

“हामीले हाम्रा सबै ग्राहकहरूमा जोखिम र अतिरिक्त दावी लागतको प्रभावलाई व्यवस्थापन गर्न हाम्रो जिम्मेवारीलाई गम्भीरताका साथ लिन्छौं,” स्टेट फार्मले आफ्नो बिज्ञप्तिमा उल्लेख गरेको छ । “यस अवस्थामा, हाम्रा नीतिधारकहरू र हाम्रो व्यवसायलाई जोगाउन कारबाही गर्न आवश्यक भयो।” बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया