अमेरिकाको टेक्ससको राजमार्गमा हिमपात र सडक चिप्लोको कारण १० वटा गाडी दुर्घटना हुँदा कम्तिमा २ जनाको मृत्यु, १ हजार ६ सयभन्दा बढी उडान रद्ध

इनेप्लिज २०७९ माघ १७ गते २३:२७ मा प्रकाशित

अमेरिकाको टेक्ससमा हिमपात र राजमार्ग चिप्लो भएको कारण १० वटा गाडी दुर्घटना हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ । अहिले सम्म १ हजार ६ सयभन्दा बढी उडान रद्ध भै सकेको सिएनएनले जनाएको छ ।

ओक्लाहोमाका अधिकारीहरूले खतरनाक अवस्थाका कारण चालकहरूलाई अन्तर राज्य ३५ राजमार्गमा यात्रा नगर्न सल्लाह दिइरहेका छन्। मङ्गलबार टेक्ससको रिभ्स काउन्टीमा अन्तरराज्य १० को पूर्वक्षेत्रमा कम्तिमा १० वटा सवारी साधनहरू ठोक्किदा राजमार्ग बन्द गर्नु परेको थियो ।

हिउँदको मौसमले मध्य र दक्षिणी अमेरिकाका राज्यहरुमा ४ करोडभन्दा बढी मानिसलाई असर गर्ने भएकाले हालसम्म १,६०० भन्दा बढी उडानहरू रद्द गरिएका छन्।

फोरेस्ट सिटी (नगर) अर्कान्सासका अधिकारीहरूले चालकहरूलाई उनीहरूले यात्रा नगर्न चेतावनी दिएका छन् । अर्लिङटन गाडी पल्टिँदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्टिन-ट्राभिस काउन्टी आकस्मिक चिकित्सा सेवा ईएमएसका अनुसर अस्टिनको राज्य राजमार्ग १३० उत्तरपूर्वमा बरफ जमेको र बाटो चिप्लोको कारण अर्को थुप्रै सवारीसाधानहरु चाङ्ग लागेका छन् । ठक्करको कारण दुई जना गम्भीर घाइते भएकोले नजिकैको अस्पतालमा लगिएको छ ।

तस्बिर कृतज्ञता फोरेस्ट नगर अग्नि बिभाग

प्रतिक्रिया