लघुकथा-मूल्य

अरुणबहादुर खत्री “नदी” २०७९ माघ १७ गते २३:२४ मा प्रकाशित

एकाबिहानै श्रीराम तरकारी पसलमा पुग्यो । “साग एक मुठाको कति ?” भन्यो । “पचास रुपैँया मात्रै” साहुनीले भनिन् । “चालिस रुपैँयामा दिनु न” उसले भन्यो । “मेरै पैतालिस रुपैँया परेको छ एक मुठामा मलाई पाँच रुपैँया मात्रै नाफा आउँछ” साहुनीले भनिन् । “काउली एक के.जी.को कति नि ?” भनेर उसले सोध्यो । “काउली आज एक के.जी. को सत्तरी रुपैँया” साहुनीले भनिन्् । “त्यसो भए आज काउली लैजान्छु मलाई एक के.जी. काउली दिनु नि” भनेर उसले एक के.जी. काउली जोखेर घरमा लग्यो ।

घरमा पुगेपछि श्रीरामकी श्रीमतीले “हजुरले आज साग ल्याउनु भएन नि” भनिन् । “सागको मूल्य आज बढेछ, जहिले घट्छ त्यही दिनमा साग किनेर ल्याउँछु नि” श्रीरामले भन्यो । “हजुरलाई थाहा छैन साग दिनहुँ खानुपर्छ भन्ने बारेमा । सागको मूल्य बढेको दिनमा कहिल्यै नखाने त” उनको श्रीमतीले भनिन् । “जुन दिन जे जे तरकारीको मूल्य घट्छ त्यही त्यही तरकारी किनेर खायौ भने हाम्रो खर्चमा कटौती भएर आउँछ नि” श्रीरामले भन्यो ।

सामाखुशी मार्ग, सरकारी धारा,
काठमाडौं
फोन नं. ४९५३५९४

प्रतिक्रिया