ह्वाइट हाउसमा अन्तर्वार्ता लिए पछि पुस्तक प्रकाशित गरेकोमा ट्रम्पद्वारा पत्रकार बब वुडवर्डमाथि मुद्दा दायर 

इनेप्लिज २०७९ माघ १७ गते १७:५२ मा प्रकाशित

ह्वाइट हाउसमा लिईएको अन्तर्वार्ताको अडियो रेकर्डिङ ( श्रवण अभिलेखन) को बिषयलाई लिएर पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार बब वुडवर्डमाथि मुद्दा हालेका छन् । 

 ट्रम्पले सोमवार अनुभवी पत्रकारले विगत दुई वर्षको कार्यकालमा उन्ले लिएका अन्तर्वार्ताको अडियो रेकर्डिंगहरू( श्रवण अभिलेखन)जारी गर्न आफ्नो स्वीकृति प्राप्त नगरेको दाबी गरेका छन ।

फ्लोरिडाको उत्तरी जिल्लामा दायर गरिएको मुद्दा अक्टोबरमा “द ट्रम्प टेप्स: नामक पुस्तकमा बब वुडवर्डले आफूले लिएका २० वटा अन्तर्वार्ताहरू पुस्तकमा छापे पछि मुद्दा दायर गरेका हुन ।

ट्रम्पले लगभग ५० मिलियन डलरको क्षतिपूर्तिको दावी गरेका छन । पुस्तकमा अन्तर्वार्ताहरू प्रयोग गरेको र बबले आफ्नो वाचा तोडेको बताएको एनविसिन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया