अमेरिकामा हिमपात आँधी आउन थालेपछि मंगलबार झण्डै १,००० उडानहरू रद्ध

इनेप्लिज २०७९ माघ १७ गते १२:२० मा प्रकाशित

अमेरिकामा हिमपात आँधी आउन थालेपछि मंगलबार झण्डै १,००० उडानहरू रद्ध भइ सकेका छन ।

चरम जाडो र हिमपात मौसमको कारणले गर्दा अमेरिकाका केही भागहरूलाई असर गरेकोले फ्लाइटअवेयरका अनुसार मंगलबार संयुक्त राज्य अमेरिकाभरि करिब १,००० उडानहरू रद्द गरिएको जनाएको छ ।

अमेरिकाको ट् टेक्सस राज्यको डलास-फोर्ट वर्थ अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रस्थान गर्ने करिब ३०० उडानहरू रद्द गरिएका छन् र डलास लभ फिल्डबाट प्रस्थान गर्ने लगभग ७० उडानहरू रद्द गरिएका छन्।

अन्य उल्लेखनीय रद्धहरु हुनेमा अस्टिन-बर्गस्ट्रोम अन्तर्राष्ट्रियबाट प्रस्थान गर्ने लगभग ८० उडानहरू र न्यासभिलबाट प्रस्थान गर्ने ४५ उडानहरू रहेका छन् ।

सिएनएनका अनुसार मङ्गलबार दिउँसो टेक्ससको धेरैजसो ठाउँमा ठण्डा पानी र बरफको अर्को चरण सुरु हुनेछ । त्यस पछि मध्य-बिहानबाट उक्त मौशम ओक्लाहोमा र मंगलबार दिनभर लिटिल रक, मेम्फिस र न्यासभिलतर्फ शहरमा प्रवेश गर्ने छ ।

प्रतिक्रिया