बाइडेन प्रशासनले मे ११ मा कोभिड-१९ राष्ट्रिय आपतकाल र जनस्वास्थ्य आपतकाल दुबै अन्त्य गर्ने

इनेप्लिज २०७९ माघ १७ गते २:०३ मा प्रकाशित

बाइडेन प्रशासनले मे ११ मा कोभिड-१९ राष्ट्रिय आपतकाल र जनस्वास्थ्य आपतकाल दुबै अन्त्य गर्ने भएको ह्वाइट हाउसले सोमबार राती कांग्रेसलाई जानकारी गराएको छ ।

हालको जनस्वास्थ्य आपतकाल अप्रिल सम्म रहेको छ भने राष्ट्रिय आपतकाल फेब्रुअरी सम्म रहने छ ।

एबिसीन्यूजका अनुसार आपतकालिन अवस्थाहरूको अन्त्यले मेडिकेड(अभावग्रस्त चिकित्सा सहायता )भर्ना भएकाहरूलाई ठूलो प्रभाव पार्नेछ ।

लाखौं अमेरिकीहरू अब मेडिकेड कभरेज(बिमा सुबिधा )बाट बन्चित हुनेछन् । लगभग २० राज्यहरुबाट काइजर परिवार फाउन्डेशन (केएफएफ) द्वारा संकलित अनुसन्धान अनुसार चिकित्सा सहायता प्राप्तकर्ताहरुले कम्तिमा पनि १३ % उनीहरु यस सुबिधाबाट हट्ने छन भनि उल्लेख गरेको छ ।

२०२० मा महामारी सुरु भएदेखि राज्यहरूले लगभग २० मिलियन (२ करोड )मानिसहरूलाई मेडिकेडमा थपिएको छ ,जुन ३० % को वृद्धि हो । बीमा नभएका व्यक्तिहरूका लागि, स्वास्थ्य आपतकालले उनीहरूलाई मेडिकेड विस्तारको माध्यमबाट निःशुल्क कोभिड-१९ परीक्षणहरू, खोपहरू र उपचारहरू प्राप्त गर्न अनुमति दिएको छ।

प्रतिक्रिया