एक्स्पो भव्य एवं ऐतिहासिक हुने

इनेप्लिज २०७९ माघ १६ गते २२:५९ मा प्रकाशित

विराटनगर, १६ माघ(रासस): विराटनगरमा हुन लागेको सिएनआई कोसी एक्स्पो–२०७९ ऐतिहासिक एवं भव्य हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

विराटनगरको शङ्करपुर स्थित माघ १९ गते देखि माघ २८ सम्म रहने सो एक्स्पोमा ४०० स्टल रहने उद्योग परिसङ्घ प्रदेश नं १ अध्यक्ष भीम घिमिरेले जानकारी दिनुभयो ।

विसं २०५४ साल देखि निरन्तर आयोजित हुँदै आएको यो एक्स्पोमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्थान उद्योगी एवं व्यापारीहरुको सहभागी रहने भनिएको छ ।

एक्स्पोमा बृहत रुपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेशिनरी औजार, अटो, सेवा क्षेत्र, उपभोग्य वस्तुका स्टलहरु रहने व्यवस्था मिलाइएको छ ।

चौतर्फी मन्दी छाएको आर्थिक क्षेत्रलाई एक्स्पोको माध्यमबाट हुने आर्थिक क्रियाकलापले आगाडि बढाउन महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । एक्स्पोमा अत्याधुनिक ह्याङ्गर(डोम)हरुमा उत्पादनका क्षेत्रहरु अनुसार अलग–अलग रुपमा वस्तु तथा सेवाको अवलोकन र खरिद गर्न सकिने व्यवस्था एक्स्पोले गरेको छ ।

प्रदेश भरिका औद्योगिक क्षेत्रभित्र प्रदेश सरकार र स्थानीय तहले एक्स्पोलाई उत्साहजनक रुपमा अघि बढाउन प्रवद्र्धनमा गर्नुभएका कारण आफ्नो उत्पादनको प्रवद्र्धन गर्न उचित अवसर नपाएका ती स्थानीइ तहका उद्यमीहरुलाई एक्स्पोमा स्टल राख्ने अवसर पाउने भएका छन् ।स्थानीय तहहरुबाट केही घरेलु, महिला, लघु, साना तथा कृषि क्षेत्रका उद्यमीले निःशुल्क स्टल प्राप्त गर्ने अध्यक्ष घिमिरे जानकारी दिनुभयो ।

लगभग चार लाख मानिस सहभागी हुने सो एक्स्पोलाई रोचक एवं ज्ञानबद्र्धक बनाउन सौर्यमण्डलको अवलोकन गर्न व्यवस्थाका लागि ‘प्लानेटेरियम’ स्थापना गर्ने, विशेष किसिमको कक्ष भित्र ३६० डिग्रीमा सौर्यमण्डलको अवलोकनको व्यवस्था मिलाइने, विभित्र उमेर अनुसारका दर्शकको समूह बनाएर अन्तरिक्षमा भएका ग्रहहरु र तारा मण्डलहरुको बनावट र त्यसको चक्र बारे जानकारी गराइने कार्यबाट विद्यार्थीहरुले सौर्यमण्डल बारेमा ज्ञान हाँसिल गरी विज्ञानप्रति विश्वास बढ्ने र उनीहरुको अध्ययनमा आकर्षण थप्ने विश्वास एक्स्पो आयोजकले लिएको छ ।

प्रतिक्रिया