खेलकुद क्षेत्रमा आवश्यक सुधार गरी उपलव्धी हासिल गर्नुपर्छ– पूर्वमन्त्री बाँस्कोटा

इनेप्लिज २०७९ माघ १६ गते २२:५५ मा प्रकाशित

विराटनगर,१६ माघ । नेकपा एमाले स्थायी कमिटी सदस्य गोकुल वाँस्केटालेले खेलकुद क्षेत्रमा आवश्यक सुधार गरी उल्लेखनीय उपलव्धी हासिल गर्न सकिने बताउनु भएको छ ।

नेपाल खेलकुल महासङ्घको दोस्रो महाधिवेशनको तयारी सम्वन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सो विचार व्यक्त्त गर्नु भएको हो ।

महासङ्घका इन्चार्ज समेत रहनु भएका पूर्वमन्त्री बाँस्कोटाले मुलुकको खेलक्षेत्रको राष्ट्रिय नीतिका तयार गर्नु पर्नेमा जोड दिँदै खेलाडीको सुविधा र व्यवस्थापनका सम्बन्धमा आवश्यक सुधार गरी अन्तर्राष्ट्रियस्तरमा पदक प्राप्त गर्नु आजको आवश्यक्त्ता रहेको विचार राख्नु भयो ।

उहाँले भन्नु भयो –‘खेलकुद राष्ट्रिय गौरव, अन्तर्राष्ट्रिय पहिचान र आर्थिक कारोवार गर्ने ठाउँ भएकोले यसलाई राजनीतिबाट मुक्त गर्नुपर्छ ’।

महासङ्घका संयोजक पर्शुराम बस्नेतले आगामी फागुन ७ गते विराटनगरमा हुने दोस्रो अधिवेशनका लागि २१६ सदस्यीय केन्दीय कमिटी रहेको मूल व्यवस्थापन समिति र १५ वटा उप समितिका संयोजक गठन गरेको जानकारी दिनु भयो ।

उप समितिमा प्रतिवेदन लेखन कृष्ण वस्नेत(पर्शुराम) ,व्यवस्थापन दिपेन्द्र दाहाल, विधान भीम ओली, आर्थिक रुपेश अधिकारी, सुरक्षा शिवजी गुप्ता, खाद्यान्न सन्तोषी श्रेष्ठ, मञ्च नन्द बस्याल, जनपरिचालन सन्तोष बान्तवा, खेलकूद प्रदर्शन ओमकृष्ण प्रसाई, अतिथि सत्कार शम्भु पौडेल, आवास विप्लव घोष, प्रचारप्रसार तीर्थबहादुर खड्का , स्वास्थ्य दिपक न्यौपाने, यातायात सलिल प्रधान र जनसम्पर्कमा रोहित कोइराला रहनु भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्माले महाधिवेशनको उद्घाटन गर्नु हुने इन्चार्ज बाँस्कोटाले जानकारी दिनु भयो ।

प्रतिक्रिया