प्रवासी नेपाली मञ्चको च्याप्टर गठन, अध्यक्षमा सुन्दर घिमिरे

इनेप्लिज २०७९ माघ १६ गते १४:०९ मा प्रकाशित

सिकागो, अमेरिका । प्रवासी नेपाली मन्च अमेरिका अन्तर्गत इलिनोइ च्याप्टर गठन भएको छ । भर्चुअल माध्यमवाट आइतवार सम्मपन्न भेलाले सुन्दर घिमिरेको अध्यक्षतामा इलिनोय च्याप्टर गठन गरेको हो ।

प्रवासी नेपाली मन्च (ओएनएफ) अमेरिकाका उपाध्यक्ष गोपाल कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सात सदस्यीय इलिनोइ च्याप्टर कमिटी गठन गरेको हो ।

ओएनएफ अमेरिकाका उपसचिव तथा मिडवेस्ट क्षेत्रका संयोजनकर्ता थोमस बास्तोलाको अध्यक्षतामा सम्पन्न यस भेलालाई मन्चका केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य शिब अधिकारीले सञ्चालन गर्नुभएको थियो ।

सुन्दर घिमिरेको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्ष तुलसी बस्नेत, सचिव सरोज खड्का
र सदस्यहरू बिष्णु बेलबासे, भागिरथा पौडेल, जीवन भूसाल र लक्ष्मण पाण्डे रहेका छन् ।

नवगठित कमिटीका अध्यक्ष घिमिरेले च्याप्टर कमिटीलाई सेवा र समन्वयभावका साथ सिर्जनात्मक ढङ्गले अगाडि बढाउने प्रतिबध्दता व्यक्त गरेका छन् ।

नेपालबाट अमेरिका आएर बसोबास गरिरहेका नेपाली समुदायलाई समन्वय गर्दै सामाजिक काममा सक्रिय गराउन अमेरिकाको कानूनअन्तर्गत ५०१ सी रजिष्ट्रर गरिएको प्रवासी नेपाली मन्चले दुई हप्ताअघि मात्रै भेला सम्पन्न गरी केन्टकी राज्यकमिटी पुनर्गठन गरेको थियो ।

यसबाहेक मिडवेस्ट क्षेत्रका अन्य राज्यहरूमा पनि सेवाभाव र देशप्रेम भएका नेपालीहरूलाई समेटेर मञ्चका च्याप्टर कमिटीहरू बनाउँदै लगिने मिडवेस्ट क्षेत्रका संयोजनकर्ता बास्तोलाले बताएका छन् ।

प्रतिक्रिया