युक्रेनमा युद्धको आलोचना गरेको सामाजिक सञ्जालमा प्रकाशन गरे पछि एक रुसी किशोरीलाई घरमै नजरबन्द

इनेप्लिज २०७९ माघ १६ गते ११:४५ मा प्रकाशित

युक्रेनमा युद्धको आलोचना गरेको सामाजिक सञ्जालमा प्रकाशन पोष्ट आरोपमा रुसी किशोरीलाई वर्षौंको कैद सजाय भोग्नु परेको सिएनएनले जनाएको च ।

ओलेसिया क्रिभत्सोभाले एउटा खुट्टामा पुटिन विरोधी कलान्यास(ट्याटु) र अर्कोमा उनको हरेक चालको गति पत्ता लगाउने एक उपकरण लगाईएको छ ।

रुसको अर्खान्जेल्स्क क्षेत्रकी १९ वर्षीया युवतीले रुसी सेनालाई बदनाम गरेको र आतंकवादलाई औचित्य ठहराउने सामाजिक सञ्जाल प्रकाशन गरेको (पोष्ट)मा आरोप लगाएपछि उनी घरमै नजरबन्दमा रहेको बेला यो यन्त्र लगाउनु परेको सिएनएनले उल्लेख गरेको छ ।

रूसी अधिकारीहरूले क्रिभत्सोभालाई आतंकवादी र चरमपन्थीहरूको सूचीमा आइएसआइएस , अलकायदा र तालिबानसँगको सूचीमा थपेका छन् ।

उत्तरपश्चिमी शहर अर्खान्जेल्स्कको उत्तरी (आर्कटिक) संघीय विश्वविद्यालयको विद्यार्थी क्रिभत्सोभाले रूसी सामाजिक सञ्जाल भिकेमा विद्यार्थी च्याट(सन्देश आदान प्रदान ) मा युद्धको कथित रूपमा आलोचनात्मक पुन प्रकाशन गरेकोमा रूसी सेनालाई बदनाम गरेकोमा आपराधिक आरोपहरू पनि सामना गरिरहेकी छिन्।

हाल, क्रिभत्सोभा अर्खान्गेल्स्क क्षेत्रको सेभेरोडभिन्स्कमा उनको आमाको आवासीय गृह (अपार्टमेन्ट)मा घरमै नजरबन्दमा छिन ।उनलाई सामाजिक संजाल जान र सञ्चारका अन्य प्रकारहरू प्रयोग गर्न प्रतिबन्धित गरिएको छ ।

उनका वकिलका अनुसार किशोरीलाई रुसी सेनालाई बदनाम गरेकोमा ३ वर्षसम्म जेल र आतंकवादको औचित्यको धारा अन्तर्गत ७ वर्ष जेल सजाय हुन सक्छ।

तस्बिर कृतज्ञता : नातालिया क्रिभत्सोभा

प्रतिक्रिया