राष्ट्रपतिमा सत्तापक्षका उम्मेदवारको विजयी सुनिश्चित – नेकपा एमाले महासचिव पोखरेल

इनेप्लिज २०७९ माघ १६ गते १०:५८ मा प्रकाशित

विराटनगर,१६ माघ । नेकपा एमालेका महासचिव शंकरप्रसाद पोखरेलले राष्ट्रपति पदमा सत्ता पक्षका उम्मेदवारको विजयी सुनिश्चित रहेको बताउनु भएको छ।

विराटनगर विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले केन्द्र र सातबटै प्रदेशमा सत्तापक्षको वहुमत रहेकोले विजयी सुनश्चित रहेको प्रष्ट पार्नु भयो ।

महासचिव पोखरेलले राष्ट्रिय सहमती कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सबैको सहमती खोज्नु रहेको स्पष्ट पार्नु भयो ।

उहाँले प्रतिपक्षले विना वहस र विवाद सत्तापक्षका राष्ट्रपति उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गर्नु भयो ।

महासचिव पोखरेलले भन्नु भयो–‘राष्ट्रपति पदमा सत्ता पक्षका उम्मेदवारले हार्ने भन्ने कुनै प्रश्न नरहेको भन्दै वहुमत रहेको अवस्थामा प्रतिपक्षले जित्ने कल्पना गर्न सकिदैन ’ ।

नेकांले राज्यको प्रमुख दावी गर्नुको अर्थ सत्ता पक्षको रुपमा घोषणा गर्नु पर्छ अन्यथा प्रतिपक्ष दलले प्रमुख पदमा दावी गर्न मिल्दैन भन्दै महासचिव पोखरेलले सरकारलाई समन्वय र सहयोग गर्ने पदहरु नै राज्यको प्रमुख पद भएकोले प्रतिपक्षको दावी अन्यौल रहेको स्पष्ट पार्नु भयो ।

उहाँले प्रधानमन्त्रीको व्यवहारमा कुनै नकरात्मक नपाएको स्पष्ट पार्दै नेकाले सत्ता वाहिर रहँदा अस्थिरता सिर्जना गर्नका लागि चलखेल मात्र गर्न खोजेको आरोप लगाउनु भयो ।

महासचिव पोखरेलले सात राजीतिक दलहरुको साझा नीतिका आधारमा सरकार निर्माण भएको बताउँदै सरकार सञ्चालन साझा नीति र कार्यक्रमबाट हुने धारणा राख्नु भयो ।

उहाँले नेकां अहिले दिशाहिन अवस्थामा रहेको छ भन्दै लोकतान्त्रिक आन्दोलनको पुरानो पार्टी यस प्रकारको अवस्थामा रहनु अत्यन्तै दुःखदायी भएको धारणा राख्नु भयो ।

प्रतिक्रिया