सर्वोच्च अदालतको फैसलाले उब्जाएको राजनैतिक परिस्थिति बारेमा  सिमोन ढुंगानासंग अन्तरबार्ता 

इनेप्लिज २०७९ माघ १६ गते २:२८ मा प्रकाशित

रवि लामिछानेको नागरिकता मुद्दामा अहिलेको अवस्थालाई के भन्नुहुन्छ ? सर्वोच्च अदालतको निर्णय सही थियो र अब के हुन्छ ?

सर्वोच्च अदालतले जुन अचम्मको गतिका साथ यो मुद्दाको फैसला गर्यो त्यो तरिकाले सबै मुद्दा फैसला गरे राम्रो हुन्थ्यो। वहाहरुले अक्षरास फैसला गर्नु भन्दा, नागरिकता कायम राखेर परिस्थितिजन्य विचारहरूको लागि जरिवाना र अन्य सर्तहरू निर्दिष्ट गर्न जिल्ला अदालतमा पठाको भए उत्तम फैसला हुने थियो । अब रवि लामिछानेजीको नागरिकता पुनर्स्थापना भएपछि सरकारमा फर्किने र विशेष निर्वाचनमा उम्मेदवारी दिने प्रश्न बाँकी छ ।

जनताले खोजेको कुरा भनेको कानूनको एकरूपता लागू होस्, र अब यो मुद्दा त्यसरी नै फैसला भइसकेपछि अन्य व्यक्तिहरूका लागि यो प्रिसिडेन्ट होस् भन्ने हो ।

रास्वपाको निर्णयहरु अलिकति चाड चाडो गरेको देखिन्छ। शुक्रबार पार्टीको नयाँ कार्यवाहक अध्यक्ष र संसदीय प्रतिनिधिमण्डलको टुङ्गो लगाएर अहिले उनलाई पुनः अध्यक्षमा बहाल गरेका छन् । संसदको उपनेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी किन दिइएन ?

सर्वप्रथम म एक स्वतन्त्र व्यक्तिको हैसियतमा बोल्दै छु र पार्टीमा मेरो कुनै भूमिका छैन भन्ने कुरा स्पष्ट गर्न चाहन्छु र धेरैजसो प्राप्त समाचार र जानकारीका आधारमा विश्लेषण गरिरहेको छु ।

यस्तो देखिन्छ कि शुक्रबारको निर्णयहरू त्यस दिनको घटनाको प्रतिक्रिया थिए, र त्यसपछि के हुन्छ थाहा थिएन। यदि आइतवारसम्म नागरिकता को प्रश्न सुल्झिन्छ जस्तो लागेको भए सायद पर्खने थिए होला। उपसभामुखलाई कार्यवाहक अध्यक्ष हुनु एकदमै तर्कसंगत थियो र संसदीय दलका लागि उपनेताको सट्टा कार्यवाहक अध्यक्षलाई कार्यवाहक नेताको भूमिका दिइएको छ । म यसलाई अस्थायी प्रकृतिको अवस्थालाई स्थिर गर्ने संकेतको रूपमा देख्छु, र पक्कै पनि संसदिय मण्डलमा   छलफल गरेर निस्कर्षमा पुगेको होला | डीपीजी एक सक्छ्यम व्यक्ति हुनु हुन्छ र बिराज जी संग मिलेर संसदीय टोलि नेत्रित्यो गर्नु हुन्छ होला, र यो पनि धेरै मा दुइ महिना जतिको लागि हो, रबिजी नफर्कनुजेल ।

जुन प्रकार जन समर्थन देखिन्छ अब गियर चेन्ज भएर रफ्तार लिने समय सुरु भयो| बाटो क्लियर नहोला तर क्षितिज क्लियर छ |

रवि लामिछानेले ६ महिनाका लागि गैरसंसद मन्त्रि बन्ने दफा प्रयोग गरी उपप्रधानमन्त्री र गृहमन्त्रीमा पुनर्बहाली गर्न खोजेको खबर अहिले आएका छन्, त्यसले आमजनतामा कस्तो प्रभाव पार्छ ? रास्वपा पनि अरु पार्टीजस्तै छ भन्ने लाग्छ कि? अनि प्रधान मन्त्रि प्रचण्ड ले सहजै दिनु हुन्छ ?  

रास्वपाले कानुनको शासनको वकालत गरेको छ त्यसैले यो व्यवस्था कानुनको हिस्सा हो, त्यसैले असाधारण कुरा होइन, रबिजीले गत एक महिनामा गरेको काम सकारात्मक रूपमा प्राप्त भएको छ त्यसैले फेरि त्यहि रोल खोज्नु स्वाभाविक देखिन्छ।

जहाँ सम्म प्रधान मन्त्रि प्रचण्डले फेरी गृह मन्त्रि  दिने नदिने भन्दा पनि जनताको आकांछ्या लाई सन्तुलित गरेर ऐतहासिक मन्त्रीमंडल कसरि बनाउने भन्ने तिर सोच्दा उत्तर आफै मिल्छ ।

सर्वोच्च अदालतको आदेशपछि हुनसक्ने राहदानी प्रयोगको सम्भावित अनुसन्धानसँग स्वार्थको द्वन्द्व हुने होइन ? र यसले कसरी सन्देश पठाउनेछ?

मलाई थाहा छैन त्यो मुद्दा कत्तिको गम्भीर छ, तर यदि यो छानबिन गर्ने हो भने,  यस बिषयमा आफूलाई रिक्युज़ गर्न सकिन्छ त्यसैले त्यहाँ कनफ्लिकट अफ इँटरेस्ट को पर्सेप्सन बाट पनि हटौना पनि सकिन्छ।

सर्वोच्च अदालतको निर्णय निर्णयले एनआरएनहरूमा के प्रभाव पारेको छ ?

मलाई केही परिवर्तन भएको जस्तो लाग्दैन। यसको स्कोप सिमित थियो । यसले तपाईलाई सजिलैसँग आफ्नो नागरिकता पुन: दावी गर्न सकिने कुरा स्थापित गरेको छ र यदि भविष्यमा दोहोरो नागरिकताको प्रावधान पारित भयो भने यसले डायस्पोराका लागि धेरै अवसरहरू खोल्न सक्छ। कल्पना गर्नुहोस्, वैदेशिक रोजगारीमा गएर नेपालमा सेवानिवृत्त भएर नेपालको नागरिकता फिर्ता लिने विज्ञले कति योगदान गर्न सक्छन् ।

अहिले खुब हल्ला चलिरहेको छ कि बाहिर बस्नेहरुको सम्पति सिज हुन लागेको छ भनेर, त्यो सब हल्ला मात्र हो, नेपाल धेरै कुरा होला तर बनाना रिपब्लिक चाही होइन, जे पाई त्यै गर्न को लागि ।

के वर्तमान नेपाल सरकार स्थिर छ, के यो पूर्ण कार्यकाल टिक्छ ?

यो अहिले स्थिर छ तर हालको सेटअप पूर्ण अवधि टिक्छ भन्ने सोच्न अवस्था देखिएको छैन। मलाई लाग्छ दुई वर्षमा मध्यावधि चुनाव हुन सक्छ यदि खिचा तानी भएमा, त्यसबेलासम्म वर्तमान सरकारका सबै साझेदारहरूले जनतामा गएर आफूलाई राम्रो मौका मिल्छ भन्ने लाग्न सक्छ। राष्ट्रपतिको चुनावमा के हुन्छ त्यसले पनि धेरै संकेत गर्नेछ।

तपैले त्यत्रो रास्वपाको  निर्वाचनमा अभियान प्रमुख भएर सफलता पाउनु भयो, अब झन् सरकारमा गएपछि तपाई जस्तो व्यवस्थापन विज्ञ सल्लाहकार वा कुनै रुपमा काम गर्नु पर्ने होइन र चुनाब अगाडी केहि नगरेकोहरुले ले त सरकारमा आफ्नो भूमिका खोज्छन?

म क्याम्पेन हेड भएपनि धेरै व्यक्तिहरुको महत्वपुर्ण रोल थियो, त्यो टिममा मेरो एउटा रोल थियो, आफुले सकेको गरे । रबिजीको स्ट्राटिजिक भिजन  संगै डिपिजी, मुकुलजी, कबिन्द्रजी, बिपिंनजी, खुस्बुजी, सोबिताजी, दीपकजी र पछि सुमनाजी, गणेशजी र अरु कैंयौ पीएमओका साथिहरु व्यवस्थापन मा नेत्रित्यो गर्नु भएको को थियो| राजनीतिक कुराहरु केन्द्रीय समितिले गर्थ्यो  | धेरै राम्रो उम्मेदवारहरु पनि हुनु भयो । रबिजी संगको आकर्षण ले गर्दा हार्मो काम धेरै सजिलो भएको थियो । जुन स्पिसिफिक गोल राखेको थिए, त्यो केहि रुपमा पूर्ण भयो, अहिले आफ्नो परिवार संग समय दिनु जरुरि छ । अब त अरु धेरै विज्ञहरु पनि जोडी सक्नु भएको छ त्यसैले म बिस्वस्थ छु कि पार्टीको सरकारमा भूमिका धेरै राम्रो हुनेछ । भोलि नेपालको लागि फेरी मैले केहि कनट्रीब्युट गर्न समय दिन सक्ने भए विचार गर्ने छु ।

——–भूगोलपार्कका संस्थापक र रास्वपाको पूर्व निर्वाचनमा अभियान व्यवस्थापन प्रमुख सिमोन ढुंगाना संग अहिलेको परिस्थिति बारे अन्तरबार्तामा आधारित

प्रतिक्रिया