न्यूयोर्कमा यात्रीयान तथा मालबाहक गाडी ठोक्किँदा कम्तिमा ६ जनाको मृत्यु , तीन जना घाइते

इनेप्लिज २०७९ माघ १५ गते २१:४२ मा प्रकाशित

न्यूयोर्क राज्यमा यात्रीयान सवारी साधन (बस)तथा मालबाहक गाडी(ट्रक) ठोक्किँदा कम्तिमा ६ जनाको मृत्यु न्यूयोर्क प्रहरी बिभागले जनाएको छ ।

उक्त घटना शनिबार भएको हो भने दुर्घटनामा तीन जना पनि घाइते भएका छन । जसमा एक जनाको अवस्था गम्भीर छ र दुई जना गम्भीर घाइते भएको न्यूयोर्क राज्य प्रहरीले गत शनिबार साँझ बताए। उनीहरुलाई स्थानीय अस्पतालमा लगिएको छ ।

घटना लुइसभिलको राज्य राजमार्ग ३७ मा बिहान ६ बजे भएको थियो । मृतक र घाइते सबै यात्रीयान सवारी साधन (बस)मा सवार रहेको प्रहरी बिभागले जनाएको छ ।

दुर्घटना पछि राजमार्गहरु बन्द गरिएको थियो र अनुसन्धान भै रहेको प्रहरीले बताए ।

प्रतिक्रिया