न्यूह्यामसायर अनेसासको सरस्वती पूजा र बाल प्रतिभा प्रदर्शन सम्पन्न

इनेप्लिज २०७९ माघ १५ गते १७:१५ मा प्रकाशित

ईश्वरी भट्ट

अनेसास न्यूह्यामसायर च्याप्टरले जनवरी २८, २०२३, मा एक भव्य समारोह बिच विद्याकी देवी सरस्वती माताको पूजा अर्चना र बाल प्रतिभा प्रदर्शन कार्यक्रम गरेको छ । तारा न्यौपाने र राम भण्डारीबाट मन्त्रोचारणसंगै सुरू भएको पूजा पाठको कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू, अनेसास बिओटी सभापति पदम विश्वकर्मा, केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, यस क्षेत्रका पर्यटन सदभावनादूत शिवकुमार राई, केन्द्रीय महासचिव विमला निरौला, बोस्टन च्याप्टर अध्यक्ष महेश्वर पन्त , कवि लालगोपाल सुवेदी, एन आर एन एन सी सी यू एस ए महिला संयोजक सुन्दरी गुरूड॰, प्रधान संपादक ईश्वरी भट्ट लगायत सबै महानुभावहरू र सबै बालबालिकाहरू पूजामा सहभागी भएका थिए।

अनेसास न्यू ह्याम्पसायरले गरेको कामको प्रसंसा गर्दै बीओ सभापति पदम विश्वकर्माले भाषा साहित्य कला र संस्कृति जोगाउन सबै ठाँउहरूमा यस्तै कार्यक्रम हुनु पर्ने बताउनु भयो। त्यसैगरी केन्द्रीय अध्यक्ष गोवर्ध्दन पूजाले च्याप्टरको कामको प्रशंसा गर्दै एक आपसको मित्रता र सहयोग सद्भावमा लाग्न यस च्याप्टरले पुर्याएको भूमिकाप्रति धन्यबाद ज्ञापन गर्नु भयो। त्यसैगरी केन्द्रीय महासचिव विमला निरौलाद्वारा रचित “ तीन चरी” नामक बाल कथाको पुस्तक कार्यक्रममा विमोचन गरिएको थियो भने पुस्तकबारे लेखकले परिचय तथा कवि लाल गोपाल सुवेदीले विवेचना गर्नु भएको थियो।

दुई दर्जनभन्दा बढी बालबालिकाद्वारा विविध प्रतिभा प्रदर्शन गरिएको उक्त कार्यक्रममा सबै बाल बालिकाहरूलाई खादा, प्रमाण पत्र र पुरस्कार वितरण क्रमशः सभा अध्यक्ष, विओटी सभापति र केन्द्रीय अध्यक्षबाट प्रदान गरिएको थियो। सोही समयमा च्याप्टर अध्यक्ष हरिमाया अधिकारीले विओटी सभापति पदम विश्वकर्मालाई मायाको चिनो प्रदान गर्नु भएको थियो।

कवि लाल गोपाल सुवेदी, प्रधान संपादक ईश्वरी भट्ट, अध्यक्ष हरिमाया अधिकारी, बोस्टन च्याप्टर अध्यक्ष महेश्वर पन्त, बाध्यबादक प्रेमसागर खतिवडा, च्याप्टर पूर्व महासचिव हरिकुमारी गुरूड॰, गायक सागर गुरूड॰ लगायतले ॲाफ्ना रचना वाचन, गायन र वाध्यवादन गर्नु भएको थियो भने प्रधान सम्पादक भट्टले बाल बालिकाहरूलाई रोचक कुइज कन्टेस्ट गराउनु भएको थियो। सोही अवसरमा एन एच यूथ ग्रूपले आफ्ना काम बताउदै भोलेन्टियर आवश्यक परे सम्पर्क गर्न आव्हान गरेको थियो।

कार्यक्रममा एन आर एन महिला कोअर्डिनेटर सुन्दरी गुरूड॰, नेपाली समाज अध्यक्ष शान्ता बिष्ठ, एन आर एन च्याप्टर अध्यक्ष कमल ढुंगाना, तमुसमाज अध्यक्ष हितमान गुरूड॰, हुक्सेट टाउन अर्थ समिति सदस्य क्षत्रकुमारी गुरूड॰, डा रूद्र अर्याल, डा पुष्पमान जोशी, पूर्व अध्यक्ष तथा पूर्व के. स. अग्नी पराजुली, वि डी ए अध्यक्ष डम्बर कडरिया लगायत न्यू ह्याम्पसायरका विभिन्न संघ संस्थाका पदाधिकारीहरू र ठूलो संख्यामा महिला तथा बालबालिकाहरूको उपस्थिति रहेको थियो।

अन्तमा उपस्थित सवै बाल बालीका, अतिथीगण, खान पिनमा सहयोग पुर्याउने मित्रहरू, डोनेशन गर्ने मित्रहरू, भोलेन्टियर मित्रहरू, साउन्ड सिस्टममा सहयोग गर्ने मित्रहरू, कार्यक्रको सोभा बढाइ दिन पाल्नुहुने सबै आमा बुबा दाजु भाइ दिदी बहिनीहरू र बिशेषगरी सहभागी बालबालिकाहरूमा हार्दिक धन्यबाद व्यक्तगर्दै अध्यक्ष हरिमाया अधिकारीले सभा विसर्जन गर्नु भएको थियो। कार्यक्रम संस्थाका प्रधान सम्पादक ईश्वरी भट्टले संचालन गर्नु भएको थियो।

प्रतिक्रिया