नोभाक जोकोभिकले अष्ट्रेलियाली खुला टेनिस प्रतियोगिताको उपाधि जिते

इनेप्लिज २०७९ माघ १५ गते १२:१५ मा प्रकाशित

नोभाक जोकोभिकले १० औं अष्ट्रेलियाली खुला टेनिस प्रतियोगिताको उपाधि जितेका छन । उनले स्टेफानोस सित्सिपासलाई हराउँदै १० औं अस्ट्रेलियन ओपनको उपाधि जितेका छन । उनको यो कीर्तिमानी २२ औं ग्रान्डस्लाम(महत्वपूर्ण प्रतियोगिता) जितेका छन् ।

नोभाक जोकोभिकले स्टेफानोस सिट्सिपासलाई ६-३, ७-६ (४), ७-६ (५) ले हराएर अस्ट्रेलियन ओपन( अष्ट्रेलियाली खुला टेनिस )को १० औं उपाधि र आफ्नो खेल जीवनको २२ औं महत्वपूर्ण उपाधि हात पारेका छन् ।

अहिले सम्म नाडालले २२ ,जोकोभिकले २२ ,फेडेररले २०,स्यामप्रसले १४. इमरसन्ले १२ पटक ग्रान्ड स्लाम जितेका छन् ।

ग्रान्ड स्लाम :टेनिसमा ग्रान्ड स्लाम भनेको एक क्यालेन्डर(सौर) वर्षमा एउटै अनुशासनमा सबै चार प्रमुख प्रतियोगिता(च्याम्पियनशिप )जित्ने उपलब्धि हो।

प्रतिक्रिया