पालाको पैचो

अरुणबहादुर खत्री “नदी” २०७९ माघ १४ गते २३:१६ मा प्रकाशित

रामेश्वर आफ्नी श्रीमती सिकिस्त बिरामी भएपछि छिमेकी घरकोे भिमप्रसादकहाँ आर्थिक सहयोग माग्न पुग्यो । भिमप्रसादले “मसँग अहिले पाँचहजार जति छ पाँचहजार तिमीलाई बिना ब्याज दिन्छुु मलाई यो पाँच हजार छ महिनाभित्र तिमीले फिर्ता गर्नुपर्छ नि” भन्दै पाँचहजार रुपैँया रामेश्वरलाई दियो ।

रामेश्वर पाँचहजार रुपैँया पाएपछि आफ्नी श्रीमतीलाई लिएर नजिकैको अस्पतालमा जचाउँन लग्यो । जचाएर डाक्टरले लेखेको औषधी किनेर उसले श्रीमतीलाई घरमा ल्यायो । उसकी श्रीमतीलाई चाडै नै निको भयो । पाँचमहिना बितेपछि रामेश्वरले भिमप्रसादसँग सापटी भनेर लिएको पाँचहजार रुपैँया फिर्ता ग¥यो ।

दुई वर्षपछि रामेश्वरको छोरा प्रभाकरको विवाह भयो । छोराको विवाहको निमन्त्रणा कार्ड उसले भिमप्रसादलाई भने दिएन । भिमप्रसादको मन साह्रै नै दुख्यो । रामेश्वरले आफ्नो छोराको विवाहमा मलाई किन बोलाएन होला भनेर । त्यसको बदला भिमप्रसादले आफ्नी छोरी रुपाको विवाहमा पनि रामेश्वरलाई निमन्त्रणा गर्न चाहेन । रामेश्वर पनि भिमप्रसादले उसकी छोरीको विवाहमा मलाई किन बोलाएन होला भनेर छक्कै प¥यो ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं

प्रतिक्रिया