टाईगर कप भलिबलको फाइनलमा खेलाडी माथी पानीको बतल हानाहान-भिडियो सहित

इनेप्लिज २०७९ माघ १४ गते २३:०६ मा प्रकाशित

पोखरामा जारी रहेको टाईगर कप भलिबल प्रतियोगीत्याको आज फाइनल खेल चलिरहदा खेलाडी माथी बोतल प्रहार भएको छ ।

पोखराको रंगशालामा आयोजित उक्त खेलमा आज गण्डकी प्रदेश र शास्त्र प्रहरी बलको फाइनल खेल चलिरहेको थियो ।

खोचाखोच दर्शकले भरिएको खेल मैदानमा आज ५००० भन्दा बढी दर्शकले खेल खेल अवलोकन गरेको अनुमान गरिएको छ ।

खेल संचालन गराउने क्रममा आयोजकले पनि सुरक्षाको बिषय त्यती चासो नदिएको र क्षमता भन्दा बढी दर्शकलाई प्रवेश गराएकै कारण यस्तो हुन् पुगेको दर्शकहरुले बताएका छन् ।

खेल संचालनको क्रममा पछाडी रहेका दर्शकलाई खेल हेर्न असहज भएपछी केहि दर्शकहरुले शसस्त्रका खेलाडीहरुलाई बसिदिन आग्रह गरेका थिए । त्यसैक्रममा खेलमा सहभागी रहेका खेलाडीले रिस देखाएपछि खेल मैदानमा बिवाद सृजना भएको थियो । नेपाल प्रहरी र शसस्त्र प्रहरीले दर्शकलाई सम्झाउन प्रयास गरेपनि आक्रोशित भिडले उल्टो खेलाडी माथीनै बोतल प्रहार गरेका हुन् । बोतल प्रहार भएपछी शसस्त्रको खेलाडीहरुले पनि रिसले थाम्न नसकेर उल्टै दर्शक सामु प्रहार गर्न लागेपछि दोहोरो बोतल हानाहान भएको थियो ।

केहि समयको विवादपछि अन्तत आयोजकले सुरक्षा घेरामा राखेर खेल अगाडी बढाएको थियो भने आज सम्पन्न खेलमा गण्डकी प्रदेश प्रथम र शसस्त्र प्रहरीको सहभागी टिम दोश्रो स्थान हासिल गर्न सफल भएका छन् ।

प्रतिक्रिया