अमेरिकी न्याय विभागद्वारा न्यूयोर्कमा रहेकी इरानी महिला पत्रकारलाई हत्या गर्न षड्यन्त्रमा लागेका ३ व्यक्तिहरु बिरुद्ध अभियोग

इनेप्लिज २०७९ माघ १४ गते १४:४९ मा प्रकाशित

अमेरिकी न्याय विभागले अमेरिकामा न्यूयोर्कमा रहेकी इरानी महिला पत्रकारलाई हत्या गर्न षड्यन्त्रमा लागेका ३ व्यक्तिहरु बिरुद्ध अभियोग चलाएको छ ।

इरानी पत्रकार विरुद्ध इरानले भाडामा लिई हत्याको षड्यन्त्रमा संलग्न रहेका ३ जनालाई अभियोग लगाईएको एबिसीन्यूजले समाचार लेखेको छ । एबिसीन्यूजका अनुसार दुई जना व्यक्तिले हत्या गर्न एक जनालाई भाडामा नियुक्त गरेको आरोप लगाईएको छ ।

समाचारका अनुसार प्रख्यात इरानी असन्तुष्ट पत्रकारको न्यूयोर्कको ब्रुकलिन स्थित घर बाहिर एक भरुवा एके-४७ शैलीको राइफल सहित एक व्यक्ति पक्राउ परेको छ महिना पछि संघीय अभियोजकहरूले गत शुक्रबार नयाँ गिरफ्तारीको घोषणा गरेको छ ।

शुक्रबार न्याय विभागले दुई जना पुरुष रफात अमिरोभ र पोलाड ओमारोभलाई पत्रकार मसिह अलिनजादलाई लक्षित गरेकोमा आपराधिक आरोपहरू घोषणा गरेको छ ।

महिला पत्रकारले इरानमा मानवअधिकार हनन, महिलाहरूप्रतिको व्यवहार र प्रजातान्त्रिक सहभागिताको दमनको बिषयमा समाचार लेखे पछि महिला पत्रकारलाई मार्ने योजना बनाईएको हो ।

अमिरोभ इरानमा बसोबास गर्छन भने ओमारोभ पूर्वी युरोपमा बस्छन्। कागजातहरूका अनुसार यस अघि ब्रुकलिनमा गिरफ्तार गरिएका खालिद मेहदिएभसँगै उनीहरू इरानसँगको सम्बन्ध रहेको पूर्वी युरोपेली आपराधिक संगठनका सदस्य थिए ।

आपराधिक उजुरी अनुसार हत्या गर्न ३०,००० हजार डलर भुक्तानी गरेका थिए ।

अमिरोभ र ओमारोभको निर्देशनमा मेहदिएभले पीडित र पीडितको परिवारका सदस्यहरूको निगरानी गरेका थिए । उनले ब्रुकलिन र वरपरको छिमेकमा पीडितको निवासको तस्बिर र अङ्कियदृश्य (भिडियो)खिचेका थिए । पीडितलाई पीडितको घरबाट बाहिर निकाल्ने योजनाहरू बनाएका थिए ।

न्याय विभागले इरानी सरकारले पहिले असन्तुष्टहरू र विशेष गरी एलिनेजादलाई लक्षित गरेको जनाएको छ । ओमारोभले १३ जुलाई, २०२२ मा मेहदिएभलाई भाडामा लिई हत्या गर्न जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया