अमेरिकाको टेनेसीमा लापरवाही गाडी चलाएकोमा कुटपिट गर्दा एक अस्वेतको ३ दिन पछि मृत्यु भएकोमा ५ प्रहरी बर्खास्त र दोश्रो श्रेणीको हत्याको आरोप

इनेप्लिज २०७९ माघ १३ गते १२:०३ मा प्रकाशित

अमेरिकाको टेनेसी राज्यको मेम्फिस शहरमा लापरवाही गाडी चलाएको भन्दै गाडी रोक्दा र कुटपिट गर्दा एक अस्वेत भाग्ने कोसिस गर्दा उनको ३ दिन पछि मृत्यु भएकोमा ५ प्रहरीहरुलाई दोश्रो श्रेणीको हत्याको आरोप लगाईएको छ ।

फेडेक्सका कर्मचारी टायर निकोल्सको मृत्यु भएकोले प्रहरीले गरेको जाँचको पुरै अङ्कियदृश्य(भिडियो)हेरे पछि न्यायाधिशले दोश्रो श्रेणीको हत्याको सजाय सुनाएका हुन् । टेनेसी राज्यमा दोश्रो श्रेणीको हत्यामा १५-६० बर्ष सम्म कारागार सजाय पाउनेछन् ।

पाँच पूर्व मेम्फिस प्रहरी अधिकारीहरूलाई टायर निकोल्सको मृत्युमा हत्याको आरोपमा बर्खास्त गरिएको छ । निकोल्सको गिरफ्तारीको अङ्कियदृश्य(भिडियो) शुक्रबार साँझ ७ बजेपछि सार्वजनिक हुने अपेक्षा गरिएको छ।

गत जनवरी ७ राती २९ वर्षीय निकोल्स घर फर्कदै थिए जहाँ उनले सूर्यास्तको तस्बिर खिचेका थिए भनि उनको परिवारका वकिलहरूले बताए । मेम्फिस प्रहरी विभागका अनुसार घर जाने क्रममा उनलाई लापरवाह गाडी हाकेकोले उनलाई रोकिएको थियो। निकोलसलाई पक्राउ गर्नका लागि प्रहरीहरु नजिक पुग्दा निकोल भागेका र निकोलसलाई अन्ततः पक्राउ गर्नु अघि दोस्रो पटक मुठभेड पनि भएको प्रहरीले भने।

प्रहरीका अनुसार गिरफ्तार पछि निकोलसले सास फेर्न गाह्रो भएको भने पछि रुग्ण वाहिनी (एम्बुलेन्स) बोलाइएको थियो। निकोल्सलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो ।

कुटपिटको तीन दिन पछि जनवरी १० मा चोटपटकको कारण मृत्यु भएको सिबिएसन्यूजले समाचार लेखेको छ ।

निकोल्सका सौतेनी बुबा रडनी वेल्सले सीबीएस सम्बद्ध डब्लुआरईजी-टिभीलाई उनका सौतेनी छोरालाई अधिकारीहरूले कुटपिट गरेको कारण हृदयघात र मृगौला असफल भएको बताए ।

गत जनवरी २६ मा शेल्बी काउन्टी जिल्ला अधिवक्ता स्टीव मुल्रोयले निर्णायक समितिले गरेको निर्णय सुनाउदै सबै पाँच पूर्व अधिकारीहरू विरुद्ध दोस्रो श्रेणीको हत्या, ज्यादा आक्रमण, अपहरण, आधिकारिक दुराचार र आधिकारिक दमनको अभियोगहरूमा दोषी ठहर गरिएको छ ।

प्रतिक्रिया