आयात प्रतिस्थापन गर्न कृषिमा युवा

इनेप्लिज २०७९ माघ १३ गते १०:५५ मा प्रकाशित

विराटनगर,१३ माघ । युवा पुस्तालाई कृषिमा आकर्षण गराएर मुलुकमा आयात प्रतिस्थापन गर्न सकिने सुझाव सहभागीहरुले दिनु भएको छ ।

कृषि अनुसन्धान निर्देशनालय सुनसरी तरहरामा आज आयोजित दोस्रो त्रेमासिक तथा अर्ध वार्षिक प्रगति समीक्षा गोष्ठीमा उहाँहरुले प्रविधिको प्रयोग गरी कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रदेश नं १ उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कृषि क्षेत्रको विकास आफ्नो मुख्य लक्ष्य हो भन्दै तराई देखि हिमालसम्म रहेको भूगोलमा गुणस्तरीय कृषि उत्पादन वृद्धिका लागि अध्ययन अनुसन्धानका आधारमा कार्य गर्न आग्रह गर्नु भयो ।

उहाँले सहकारी मार्फत कृषकको घर आङ्गनमा उत्रत बीउ, प्रविधि पु¥याई उत्पादनलाई बजारसम्म पु¥याउन पर्नेमा जोड दिनु भयो ।

कृषि सचिव मेघनाथ तिमल्सेनाले कृषिको उत्पादन लागत घटाउन दाना र पौष्टिक घाँस उत्पादन गर्नुपर्ने आवश्यक रहेको छ भन्दै अदुवाको गुणस्तर एवं उत्पादन वृद्धिका लागि पुराना बीउलाई प्रतिस्थापना गरी नयाँमा जोड दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा निर्देशनालयका निर्देशक केशवप्रसाद श्रेष्ठ,नेपाल कृषि अनुसन्धानका निर्देशक डा भानुभक्त पोखरेल,कृषि मन्त्रालय योजना महाशाखा प्रमुख पशुपति पोखरेल, कृषि निर्देशनालय विराटनगरका प्रमुख प्रकाश डाँगी,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मोरङका प्रमुख मनोज यादव लगायतले सबै पालिकामा अनुसन्धान प्राविधिकको व्यवस्था गरेमा कृषि उत्पादनमा वृद्धि गर्न सकिने धारणा राख्नु भयो ।

समीक्षा गोष्ठीमा निर्देशनालय अन्तर्गतका आठ वटा अनुसन्धान केन्द्रहरु भैँसी, जुट कृषि,बङ्गुुर, कृषि व्यवसायिकीकरण, सुन्तलाजन्य फललफूल अनुसन्धान अन्गर्तगतका कार्यालयका प्रमुखहरुले आ–आफनो धारणा राख्नु भएको थियो ।

सो अवसरमा मन्त्री सिटौलालले सुसनरीकै तरहरामा प्रदेश सरकारको रु.१९ करोड लाख सहयोगमा सगरमाथा डेरी विशिष्टिकृत सहकारी सङ्घद्वारा निर्माधीधन अवस्थामा रहेको धुलो दुग्ध काराखाना एवं कामधेनु डेरी उद्योगको निरीक्षण एवं अवलोकन गर्नु भएको थियो ।

प्रतिक्रिया