लघुकथा-सित्तैको पुस्तक

अरुणबहादुर खत्री “नदी” २०७९ माघ १२ गते २३:२७ मा प्रकाशित

कवि सुरजले आफ्नो कवितासङ्ग्रह निस्केपछि वरिष्ठ साहित्यकार सीतारामलाई एकप्रति लगेर पढ्न दियो । “सर हजुरले मेरो कवितासङ्ग्रह पढेर प्रतिक्रिया दिनुहोला नि” भन्यो । “हुन्छ म तपाईको कवितासङ्ग्रह फुर्सदमा पढेर प्रतिक्रिया दिन्छु” सीतारामले भने । तर सुरजको कवितासङ्ग्रहलाई उसले खाटमुनी राख्यो पढेन । प्रतिक्रिया पनि दिन सकेन ।

सीतारामको उपन्यास निस्केपछि उसका नजिकका व्यक्तिलाई भेटेर मेरो उपन्यास पढेर तपाईहरुलाई कस्तो लाग्छ ? जानकारी दिनु होला नि भन्यो । सीतारामको उपन्यास उसले पढ्न भनेर दिएका नजिकैका साथीभाइले पढेर कुनै प्रतिक्रिया दिएनन् । उसको उपन्यास बजार गएर किनेर पढ्न लगेकाले मात्रै पढेर कस्तो लाग्यो भनेर उसलाई भेटेर र फोन गरेर उसलाई प्रतिक्रिया दिए ।


सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं
फोन नं. ४९५३५९४

प्रतिक्रिया