लघुकथा-व्यापारीको तरिका

अरुणबहादुर खत्री “नदी” २०७९ माघ १२ गते २३:२५ मा प्रकाशित

सडकको पेटीमा साग बेच्न बसेकी रमाले “दाइ हजुरले आज मेरो साग किनेर बोहनी गरिदिनु प¥यो भनिन् । “किन मैले बोहनी गर्ने ?” रमेशले भन्यो । “हजुरले बोहनी गरिदिनु भयो भने मैले बेच्न राखेको साग आज छिटै बेचेर सकिन्छ नि त्यसैले मैले हजुरलाई बोहनी गरिदिनु प¥यो भनेको” रमाले भनिन् ।
“एक मुठा सागको कति ?” रमेशले सोध्यो । “एक मुठा सागको दाइलाई पच्चीस रुपैँया मात्रै अरुलाई तिस रुपैँया दाइ” रमाले भनिन् । “त्यसो भए मलाई दुई मुठा साग पैतालिस रुपैँयामा दिनु म तपाईको साग किनेर बोहनी गरिदिन्छु” रमेशले भन्यो । “हुन्छ दाइ तपाईले बोहनी गरिदिनु भयो भने मलाई पनि राम्रो हुन्छ” भनेर रमाले पैैतालिस रुपैँयामा दुई मुठा साग दिइन् ।

एकछिनपछि साग बेच्न बसेकी रमाले अर्को ग्राहक मदनलाई “दाइ साग चाहिदैन ?” भनिन् । “मलाई साग साह्रै मिठो लाग्छ कति रुपैँया मुुठामा दिनु हुन्छ नि त ?” मदनले सोध्यो । “तपाईलाई पच्चीस रुपैँया मुठासम्म दिन सक्छुु मेरै बिस रुपैँया परेको छ एक मुठा सागको रमाले भनिन् । “हुन्छ नि त मलाई एक मुठा साग दिनु भनेर मदनले पच्चीस रुपैँयामा एक मुठा साग किनेर लैजादै गर्दा किराना पसलमा रमेशसँग भेट हुन पुग्यो र रमेशको हातमा साग देखेर “कति रुपैँया मुठा प¥यो सागको ?” भनेर सोध्यो । रमेशले “पच्चीस रुपैँया मुठा प¥यो” भन्यो । “मलाई पनि पच्चीस रुपैँया मुठा प¥यो” मदनले भन्यो ।

“साग बेच्न बसेकी रमाले त अरुलाई तीस रुपैँया तपाईलाई पच्चीस रुपैँया भनिन् मसँग रमेशले भन्यो । “व्यापारीहरुको तरकारी बेच्ने तरिका त्यस्तै त हो नि” मदनले भन्यो ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं

प्रतिक्रिया