टेक्ससको एचडिएनपी अन्तर्राष्ट्रियले प्रेमप्रसाद आचार्यको परिवारलाई १ लाख १ सय रुपैया सहयोग

इनेप्लिज २०७९ माघ १२ गते २२:३९ मा प्रकाशित

टेक्ससको एचडिएनपी अन्तर्राष्ट्रियले प्रेमप्रसाद आचार्यको परिवारलाई १ लाख १ सय रुपैया सहयोग गरेको छ ।

अमेरिकाको टेक्सस राज्यमा घरबार बिहिनलाई खाना तथा अन्य सहयोग गर्दै आएको उक्त संस्थाले जनवरी २६ ,२०२३ का दिन मृतकका परिवारको नाममा काठमाडौँमा रहेको खातामा सिधै रकम जम्मा गरेको संस्थाका अध्यक्ष देवी डेविड आचार्यले बताए ।

काठमाण्डौंको नयाँ बानेश्वर स्थित सँसद भवन अगाडी आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधन भएका ईलामका प्रेमप्रसाद आचार्यको परिवारलाई नानुका अधिकारीको अधिकारीको बानेश्वर स्थित ग्लोबल आईएमइ बैंक मार्फत रकम पठाईएको हो ।

सँस्थामा आबद्ध सदस्यहरुबाट सँकलन गरिएको उक्त रकम परिवारलाई हस्तान्तरण खातामा जम्मा गरि सकिएको एचडिएनपी ईन्टरनेशनलले जनाएको छ ।

आर्थिक कारणबाट आचार्यले आत्मदाह गरेको समाचारले प्रवासी नेपाली समुदाय स्तब्ध भएको भन्दै आगामी दिनमा यस्ता घट्ना दोहरिन नदिन राज्य जिम्मेवार रुपमा प्रस्तुत हुनु पर्ने सँस्थाका प्रमुख देबी डेविट आचार्यले बताए ।

विभिन्न व्यवसाय गर्न खोज्दा राज्य व्यवस्था र नीतिनियम बाधक बनी आफूले काम गर्न नसकेको र काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइड नोट’ लेखेका थिए ।

प्रतिक्रिया